default_image

4 years ago

January 21, 2021

लुम्बिनी पुलिससँग पराजित

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश नेपाल पुलिस क्लबसँग ७४ रनले पराजित भएको छ ।

जितका लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । लुम्बिनीका सौरभ खनालले ६० बलमा ६ चौका र ५ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए ।

कप्तान कृष्ण कार्की २४ बलमा ५ छक्का सहित ४० रनमा अविजित रहेपनि टोलीलाई भने जिताउन सकेनन् । सातौं विकेटका लागि सौरभ र कृष्णले ६९ रनको उत्कृष्ट साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् । पहिलो ओभरको चौथो बलमै सन्दीप सुनार शून्यमा आउट भएका थिए ।

राशिद खानलेनै सातौं ओभरको चौथो बलमा सुशान्त सिंह थापालाई ४ रनमा एलबिडब्लू आउट गरे । तेस्रो विकेटका लागि सन्दीप रजाली र देव खनालले ६६ रनको साझेदारी गरेका थिए । स्पिनर सागर ढकालको २६ औं ओभरको तेस्रो बलमा रजाली ललित नारायण राजवंशीबाट ४० रनमा क्याच आउट भए । रजालीले ७९ बलमा ६ चौका प्रहार गरे । ३२ औं ओभरको दोस्रो बलमा देव खनाल अर्धशतक बनाउन एक रनले चुके ।

पवन सरार्फको बलमा एज लागेर उनी कुशल भुर्तेलबाट ४९ रनमा समातिन पुगे । देवले ७१ बलमा ७ चौका प्रहार गरे । राजवीर सिंह ४५ बलमा २ चौका सहित २४ रनमा क्याच आउट भए । प्रनित थापा मगरले खाता खोल्न सकेनन् ।

सौरभले अन्तिम तीन बलमा दीपेन्द्रसिंह ऐरीलाई लगातार छक्का प्रहार गरेका थिए । चौथो बलमा पनि ठूलो सट खेल्नेक्रममा क्याच आउट हुन पुगे । पवन सरार्फले ६ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । राशिद खानले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । धमलाले १ सय ४५ बलमा ७ चौका र १ छक्का सहित १ सय ४ रनको शतकीय इनिङ खेले ।

दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौका सहित ८५ रनमा क्याच आउट भए । अन्तिम समयमा क्रिजमा आएका पवन सरार्फले १३ बलमै अर्धशतक प्रहार गरे । पवन १३ बलमा ६ छक्का र १ चौका सहित ५० रनमा अविजित रहे ।

आरिफ शेख १४ बलमा २ चौका र २ छक्का सहित २९ रनमा अविजित रहे । सुस्त सुरुवात गरेको पुलिसले उत्कृष्ट अन्त्य गर्नेक्रममा अन्तिम २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनाउँदै विशाल योगफल तयार पारेको हो ।

धमलाले १ सय ४२ बलमा प्रधानमन्त्रीकप र राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहार पूरा गरेका थिए । धमलाले ४३ औं ओभरको चौथो बलमा एक रन बटुल्दै पहिलो शतक पूरा गरेका थिए । जारी प्रतियोगिता दोस्रो शतक हो ।

यसअघि गण्डकीविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीले १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । पुलिसका ओपनर कुशल भुर्तेललाई कप्तान कृष्ण कार्कीले सातौं ओभरको अन्तिम बलमा प्रनित थापा मगरबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । कुशल आउट हुँदा पुलिसले स्कोरबोर्डमा २७ रन जोडेको थियो ।

स्पिनर दिपेन्द्र रावतको २७ औं ओभरको दोस्रो बलमा अमित श्रेष्ठ मिडअनमा २८ रनमा समातिन पुगे । अमितले ४९ बलमा ३ चौका प्रहार गरे । दोस्रो विकेटका लागि अमित र धमलो ५७ रनको साझेदारी गरेका थिए । दीपेन्द्र २६.२ ओभरमा अमित आउट भएपछि ब्याटिङका लागि मैदान छिरेका थिए । उक्त समयमा पुलिस ८४–२ को अवस्थामा थियो ।

त्यसपछि मैदान छिरेका दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै इनिङलाई उकासेका थिए । आरिफ र पवनले पनि उत्कृष्ट ब्याटिङ गरे । सौरभ खनालको ४८ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा कभरमा प्रनितबाट क्याच आउट भएपछि दीपेन्द्र शतक बनाउन चुकेका थिए । पवन सरार्फले अन्तिम ओभरमा सौरभ खनानलाई सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए ।

चौथो बलमा देव खनालले क्याच छोड्न पुगे । अन्तिम बलमा छक्का प्रहार गर्दै पवनले मात्रै १३ बलमा अर्ध शतक पूरा गरेका थिए । लुम्बिनीका सौरभ खनाल, कृष्ण कार्की, अनिल खरेल र दीपेन्द्र रावतले १–१ विकेट लिए । लुम्बिनीले आफ्नो तेस्रो खेल सुदूरपश्चिमसँग मुलपानीमा माघ १० मा खेल्ने छ । पुलिसले प्रदेश २ सँग माघ १२ मा खेल्ने छ ।

March 19, 2025

लगातार ४ खेलमा ललितको ५ विकेट हल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

Success

Thank you for your time.