default_image

4 years ago

January 21, 2021

छक्काको वर्षासँगै पवनको नयाँ कीर्तिमान

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर पवन सरार्फले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा १३ बलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका छन् ।

नेपाल पुलिस क्लबबाट पवनले लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्ध शतक प्रहार गर्दै नेपाली राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरेका छन् । पवनले विष्फोटक अन्त्य गर्दा टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनायो । पवन १३ बलमा ६ छक्का र १ चौका सहित ५० रनमा अविजित रहे ।

पवन ब्याटिङको लागि ४८ औं ओभरमा आएका थिए । ४८ औं ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरी ८५ रनमा क्याच आउट भएपछि पवनलाई पुलिसले ब्याटिङको लागि मैदान पठाएको थियो । उक्त समय पुलिस २५४–४ को अवस्थामा थियो ।

सौरभ खनाललाई अन्तिम बलमा चौका प्रहार गरेका थिए । ४९ औं ओभरमा पवनले बिक्रम भुषाललाई तेस्रो र पाँचौं बलमा छक्का प्रहार गरेका थिए । अन्तिम बलमा एक रन लिँदै स्ट्राइक आफैंमा राखे । ४९ ओभरको समाप्तिमा पवन ७ बलमा २२ रनमा अविजित थिए । अन्तिम ओभरमा सौरभलाई सुरुवाती तीन ओभरमा लगातार तीन छक्का प्रहार गरे ।

चौथो बलमा ठूलो सट खेलेका पवनलाई डिप मिडविकेटमा देव खनालले ४० रनमा क्याच छोड्दै जीवनदान दिएका थिए । त्यसपछि दुई बलमा पवनले २–२ रन बटुले । अन्तिम बलमा एक्स्ट्रा कभरमा छक्का प्रहार गर्दै इनिङ अन्त्य गर्नुको साथैं १३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.