4 years ago
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सुनिल धमलाको शतक, दीपेन्द्रसिंह ऐरी र पवन सरार्फको आक्रामक ब्याटिङको सहयोगमा नेपाल पुलिस क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनायो । धमलाले १ सय ४५ बलमा ७ चौका र १ छक्का सहित १ सय ४ रनको शतकीय इनिङ खेले । दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौका सहित ८५ रनमा क्याच आउट भए ।
अन्तिम समयमा क्रिजमा आएका पवन सरार्फले १३ बलमै अर्धशतक प्रहार गरे । पवन १३ बलमा ६ छक्का र १ चौका सहित ५० रनमा अविजित रहे । आरिफ शेख १४ बलमा २ चौका र २ छक्का सहित २९ रनमा अविजित रहे ।
सुस्त सुरुवात गरेको पुलिसले उत्कृष्ट अन्त्य गर्नेक्रममा अन्तिम २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनाउँदै विशाल योगफल तयार पारेको हो । धमलाले १ सय ४२ बलमा प्रधानमन्त्रीकप र राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहार पूरा गरेका थिए । धमलाले ४३ औं ओभरको चौथो बलमा एक रन बटुल्दै पहिलो शतक पूरा गरेका थिए । जारी प्रतियोगिता दोस्रो शतक हो । यसअघि गण्डकीविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीले १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए ।
पुलिसका ओपनर कुशल भुर्तेललाई कप्तान कृष्ण कार्कीले सातौं ओभरको अन्तिम बलमा प्रनित थापा मगरबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । कुशल आउट हुँदा पुलिसले स्कोरबोर्डमा २७ रन जोडेको थियो । स्पिनर दिपेन्द्र रावतको २७ औं ओभरको दोस्रो बलमा अमित श्रेष्ठ मिडअनमा २८ रनमा समातिन पुगे । अमितले ४९ बलमा ३ चौका प्रहार गरे ।
दोस्रो विकेटका लागि अमित र धमलो ५७ रनको साझेदारी गरेका थिए । दीपेन्द्र २६.२ ओभरमा अमित आउट भएपछि ब्याटिङका लागि मैदान छिरेका थिए । उक्त समयमा पुलिस ८४–२ को अवस्थामा थियो । त्यसपछि मैदान छिरेका दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै इनिङलाई उकासेका थिए । आरिफ र पवनले पनि उत्कृष्ट ब्याटिङ गरे ।
सौरभ खनालको ४८ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा कभरमा प्रनितबाट क्याच आउट भएपछि दीपेन्द्र शतक बनाउन चुकेका थिए । पवन सरार्फले अन्तिम ओभरमा सौरभ खनानलाई सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए । चौथो बलमा देव खनालले क्याच छोड्न पुगे । अन्तिम बलमा छक्का प्रहार गर्दै पवनले मात्रै १३ बलमा अर्ध शतक पूरा गरेका थिए । लुम्बिनीका सौरभ खनाल, कृष्ण कार्की, अनिल खरेल र दीपेन्द्र रावतले १–१ विकेट लिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]