4 years ago
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका ओपनर ब्याट्सम्यान सुनिल धमलाले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रकेट एकदिवसिय प्रतियोगितामा लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
सुनिलले लुम्बिनी प्रदेशविरुद्ध अर्ध शतक प्रहार गरेका हुन् । लुम्बिनीविरुद्ध धमलाले ९६ बलमा अर्धशतक पूरा गरेका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले २९ ओभरमा २ विकेट गुमाउँदै ९८ रन बनाएको छ । पुलिसका धमला ९६ बलमा ३ चौका सहित ५० रनमा खेलि रहेका छन् । उनलाई दिपेन्द्रसिंह ऐरीले ११ रनमा साथ दिएका छन् ।
पुलिसका ओपनर कुशल भुर्तेललाई कप्तान कृष्ण कार्कीले सातौं ओभरको अन्तिम बलमा प्रनित थापा मगरबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । कुशल आउट हुँदा पुलिसले स्कोरबोर्डमा २७ रन जोडेको थियो ।
स्पिनर दिपेन्द्र रावतको २७ औं ओभरको दोस्रो बलमा अमित श्रेष्ठ मिडअनमा २८ रनमा समातिन पुगे । अमितले ४९ बलमा ३ चौका प्रहार गरे । बुधबार धमलाले सुदूरपश्चिमविरुद्ध ५३ रनको इनिङ खेलेका थिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]