8 years ago
September 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत टि.यु. मैदानमा आज भएको खेलमा पन्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन्।
दिनको पहिलो खेलमा पन्चकन्या तेजले कान्तिपुर गुर्खाजलाइ ३४रनले पराजित गर्यो। पहिलो ब्याटिङ्ग गर्दै तेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९रन बनायो तेजको लागि पुष्प थापाले अविजित ३८ र ओपनर असिफ शेखले ३२ रन बनाएका थिए गुर्खाजका लागि अभिनाश बोहोराले चार विकेट लिएका थिए।
१३०रनको सहज लक्ष्य पछ्याएको गुर्खाजले सम्हालिएर ब्याटिंग गर्न नसक्दा हार व्यहोर्यो गुर्खाजका सन्दिप झोराले अविजित १७रन बनाउदैं टोलीको लागि सर्वाधिक रन बटुले। निर्धारित २० ओभर खेलेको गुर्खाजले ९ विकेट गुमाएर मात्र ९५ रन जोड्न सक्यो। तेजका दिपेन्द्र ऐरीले चार ओभरमा २१ रन दिदैं ४ विकेट लिएका थिए ब्याटबाट २२ रन जोडेका ऐरी म्यान अफ द म्याच पनि भए।
दिनको दोश्रो खेलमा विशाल वारियर्सले जगदम्बा राइनोजलाइ सात विकेटले हरायो। वर्षाका कारण १६ ओभरमा घटाईएको खेलमा राईनोजले पहिलो ब्याटिंग गर्दै ११० रन बनाएको थिए। अमित श्रेष्ठले राइनोजका लागि सर्वाधिक ३९रन बनाएका थिए। वारियर्सका रामनरेश गिरीले तिन ओभरमा २५ रन खर्चेर तिन विकेट लिए।
डी/एल प्रणाली अनुसार ११४ रनको लक्ष्य पछ्याएको वारियर्सका लागि चौथो नम्बरमा ब्याटिंग गर्न आएका कप्तान पारसले अविजित ५६ रन जोडेका थिए। पहिलो खेलमा ९९ रन बनाएका पारसले २३ रन बनाएका सागर पुन संग ८५ रनको साझेदारी गरे। वारियर्सले निर्धारित लक्ष्य १३.३ ओभरमै पुरा गरेको थियो।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]