default_image

4 years ago

January 20, 2021

सन्दीपसहित ६ खेलाडी फुकुवा, १९ खेलाडी दिल्लीमै

124 views

0 Bookmark

एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि दिल्ली क्यापिटल्सले टोलीमै रहने र फुकुवा हुने खेलाडीको नाम सार्वजनिक गरेको छ ।

दिल्लीले १९ खेलाडीलाई टोलीमा राख्दा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहित ६ खेलाडीलाई भने फुकुवा गरेको छ । हालसम्म उपाधि जित्न नसकेको दिल्लीले गत नोभेम्बरमा पहिलो पटक फाइनलमा पुग्दै मुम्बईसँग हारेको थियो ।

सन् २०२० मा सर्वोत्कृष्ट प्रर्दशन गर्न मार्कस स्टोइनिससँगै कागिसो रबाडा र एनरिच नोर्कियालाई टोलीमै राखेको छ । कमजोर प्रर्दशन गरेका शिम्रन हेटमायरलाई पनि दिल्लीले टोलीसँगै राखेको छ । दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । २०१८ मा तीन र २०१९ मा पाँच खेलमा मौका पाउँदा सन्दीपले क्रमशः ५ र ८ विकेट लिएका थिए ।

दिल्लीले वेस्टइन्डिजका युवा अलराउन्डर किमो पललाई पनि २०२० मा पुरै खेलमा बेन्चमा राखेको थियो । पललाई पनि टोलीबाट फुकुवा गरेको छ । मोहित शर्मा, सन्दीप लामिछाने, एलेक्स केरी, जेसन रोय र तुषार देशपान्डेलाई दिल्लीले फुकुवा गरेको छ । जेसन रोय २०२० मा दिल्लीको टोलीमै थिएनन् । सन्दीप र पलले प्रतियोगिताभर मौकानै पाएका थिएनन् ।

दिल्लीमै रहने खेलाडी : शिखर धवन, कागिसो रबाडा, पृथ्वी शाह, अजिक्या रहाने, ऋषभ पन्त, श्रेयस ऐर, एनरिच नोर्किया, मार्कस स्टोइनिस, शिम्रन हेटमायर, अक्षर पटेल, अमित मिश्रा, ईशान्त शर्मा, रविचन्द्रन आश्विन, ललित यादव, हर्षल पटेल, क्रिस वोक्स, ड्यानियल साम्स, आवेश खान र प्रविन दुबे ।

फुकुवा भएका खेलाडी : किमो पल, मोहित शर्मा, सन्दीप लामिछाने, एलेक्स केरी, जेसन रोय र तुषारदेशपान्डे ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.