default_image

4 years ago

January 20, 2021

राजस्थानबाट स्मिथको बिदाइ, स्यामसन कप्तान

159 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान तथा विकेटकिपर सन्जु स्यामसनले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको कप्तानी गर्ने पक्का भएको छ ।

राजस्थानले स्टिभ स्मिथलाई टोलीबाटै हटाउँदै आफ्नो नयाँ कप्तान युवा ब्याट्सम्यान स्यामसनले गर्ने जनाएको छ । स्यामसनले आइपिएलमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । राजस्थानले स्मिथलाई फुकुवा (रिलिज) गरेको छ ।

स्मिथलाई राजस्थानले १२ करोड भारतीय ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । तर स्मिथले प्रर्दशन र कप्तानी सोचे अनुसार गर्न सकेनन् । स्मिथले १४ खेलमा कुल ३ सय ११ रन बनाएका थिए । उनको कप्तानीमा राजस्थान १४ खेलमा ८ मा हार र ६ मा जित सहित पुछारमा रहँदै बाहिरिएको थियो ।

आक्रामक ब्याट्सम्यान सन्जुलाई चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइज टोलीले भित्र्याउन ठूलो कसिस गरि रहेका थिए । तर राजस्थानले स्यामसनलाई कप्तानको भूमिकानै दिएको छ ।

स्यामसनले २०२० को आइपिएलमा १४ खेलमा ३ सय ७५ रन बनाएका थिए । स्यामसनले भारतीय चर्चित घरेलु क्रिकेट प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा यसै संस्करणदेखि कप्तानी समालेका छन् । राजस्थानले टोलीको निर्देशकमा श्रीलंका पूर्व सफल कप्तान कुमार संगकारालाई नियुक्त गरेको छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.