4 years ago
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट जगतमा छुट्टै पहिचान बनाउन सफल धनगढी क्रिकेट एकेडेमी (डिसिए) लाई सगरमाथा सिमेन्टले प्रायोजन निरन्तरता दिएको छ ।
सुदूरपश्चिमसँगै समग्र नेपाली क्रिकेटको विकासका महत्वपूर्ण योगदान दिँदै आएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र घोराही सिमेन्ट इन्डस्ट्रीजका तर्फबाट मार्केटिङ प्रमुख प्रतिक अधिकारीले बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको गरेका छन् । बुधबार सगरमाथा सिमेन्ट र धनगढी क्रिकेट एकेडेमीबीच तीनवर्षका लागि प्रायोजन भएको हो ।
सम्झौता अनुसार तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक र्ने खेल सामाग्री, आयोजना गर्ने प्रतियोगिता, ग्रास रुट कार्यक्रम, लगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ । धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी, आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गर्नेछ छ । घोराही सिमेन्ट इन्डिष्ट्रिको उत्पादन सगरमाथा सिमेन्टले एकेडेमीसँग सहकार्य गर्दै आएको आधा दशक नाघिसकेको छ ।
धनगढी एकेडेमीले धनगढी क्रिकेट लिग हुँदै मुलुककै पहिलो व्यवसायिक क्रिकेट धनगढी प्रिमियर लिगका तीन संस्करणहरु सफलतापूर्वक सम्पन्न गरिसकेको छ । चौथो संस्करणको डिपिएल गर्ने तयारीमा छ ।
सम्झौतापछि घोराही सिमेन्ट इन्डिष्ट्रिका मार्केटिङ प्रुमख प्रतिक अधिकारीले पुनः एकपटक धनगढी क्रिकेट एकेडेमीसँग सहकार्य गर्न पाउँदा हामी खुशी भएको बताए । ‘विगतझैं आगामी दिनमा पनि हामी क्रिकेटको शहर धनगढी र नेपाली क्रिकेटमा योगदान पुर्याउने छौं’, अधिकारीले भने ।
‘ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टको प्रवेशले नेपाली क्रिकेटको प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ । पुनः एकपटक सहकार्यका लागि कम्पनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । धनगढीलाई क्रिकेटका शहरका रुपमा चिनाउँन र यहाँ देशकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता आयोजना गर्न सगरमाथा सिमेन्टको प्रमुख हात छ’, एकेडेमीका अध्यक्ष शाहीले सम्झौतापछि भने ।
त्यसैमा उनले थपे, ‘एकेडेमीसँगको नयाँ सहकार्यले आगामी दिनमा देशको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादनमा विशेष भूमिका खेल्नेमा विश्वस्त छौं । कम्पनीको सहयोगले यहाँको क्रिकेटमात्रै नभई खेल पर्यटन पर्वधन र समग्र सुदूरपश्चिमको विकासमा भूमिका खेल्ने विश्वास लिएका छौं ।’
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]