4 years ago
January 20, 2021
एजेन्सी – पूर्व कप्तान तथा अलराउन्डर सकीब अल हसनको उत्कृष्ट प्रर्दशनको सहयोगमा बंगलादेशले पहिलो एकदिवसिय खेलमा वेस्टइन्डिजलाई ६ विकेटले हराएको छ ।
योसँगै तीन ओडिआई खेलको सिरिजमा घरेलु टोली बंगलादेशले १–० को अग्रता लिएको छ । जितको लागि पछ्याएको १ सय २३ रनको विजयी लक्ष्य बंगलादेशले ३३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका कप्तान तमिम इकबालले ६९ बलमा ७ चौका सहित सर्वाधिक ४४ रन बनाए । ओपनर लिटन दास १४, सकीब अल हसन र मुश्फिकुर रहिमले १९–१९ रनको योगदान दिए । वेस्टइन्डिजका अकिल होसिनले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि शेर बंगला नेशनल स्टेडियम ढाकामा टस हारेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिज ३२.२ ओभरमा १ सय २२ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका काइल मेयर्सले ५६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । रोवमन पवेल २८ र जेसन मोहम्मद १७ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । वेस्टइन्डिजका ७ ब्याट्सम्यानले दोहोरो रनमा अंक बनाउन सकेनन् ।
बंगलादेशका स्पिनर सकीब अल हसनले ७.२ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिए । यो सकीबको अन्तर्राष्ट्रिय खेलमा पूनरागमन खेल हो । सकीबले पूनरागमन खेलमै घातक बलिङ गरेका हुन् । हसन महमुदले ६ ओभरमा १ मेडन सहित २८ रन खर्चेर ३ विकेट लिए । मुस्ताफिजुर रहमानले २ र मेहेदी हसनले एक विकेट लिए । दोस्रो ओडीआई शुक्रबार हुने छ ।
गतवर्ष सकीबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा एक वर्षको प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि सकीबले पूनरागमन खेलमै घातक बलिङ गरेका हुन् । सकीबको गत कार्तिकमा एक वर्षको प्रतिबन्ध सकिएको थियो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]