4 years ago
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ ।
बुधबार आर्मीले प्रदेश एकलाई ४ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । यता लगातार तेस्रो खेलमा पराजित भएको प्रदेश एक समूह ‘ए’ र प्रतियोगिता बाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बनेको छ ।
जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । अर्का युवा ब्याट्सम्यान भिम सार्की ६१ बलमा १ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए । राजेश पुलामी २७ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । राजेशले जितको लागि तीन रन चाहिँएको अवस्थामा ज्ञानेन्द्र श्रेष्ठलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए ।
आर्मीको सुरुवात भने खराब रह्यो । ओपनर अनिल मण्डल शून्य, लोकेश बम १३, हरि चौहान ८ र कप्तान विनोद भण्डारी ५ रनमा आउट हुँदा आर्मी १२.२ ओभरमा ४१–४ को कमजोर अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि रोहित र भिम सार्कीले ५० रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । प्रदेश एकका फिर्दोस अन्सारी, दीपेश कंडेल, शुवन्कर उराउ र ज्ञानेन्द्र श्रेष्ठले १–१ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ४०.१ ओभरमा १ सय ३१ रनमा अल आउट भएको थियो । प्रदेश एकका बिवेक मेहताले ८३ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । कमजोर सुरुवात गरेको प्रदेश एकलाई चौथो विकेटका लागि फिर्दोस अन्सारी र विवेक मेहताले ७७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
तर ३१ औं ओभरको तेस्रो बलमा साहब आलमले आफैं क्याच लिँदै बिवेकलाई आउट गरेपछि आर्मी खेलमा फर्किएको थियो । फिर्दोस ३२ रनमा बोल्ड भए । फिर्दोसले ९० बलमा १ चौका र १ छक्का प्रहार गरे । दीपक पासवान १८ बलमा ४ चौका सहित १९ रनमा बोल्ड आउट भए । अन्य ब्याट्सम्यानले भने सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
आर्मीका ८ बलरले प्रदेश एकविरुद्ध बलिङ गरेका थिए । साहब आलमले ९।१ ओभरमा ३ मेडन सहित २३ रन खर्चेर ४ विकेट लिए । युवा तीव्र गतिका बलर आकाश चन्दले ७ ओभरमा ३ मेडन सहित १५ रन खर्चेर ३ विकेट लिए । सुशन भारी, भिम सार्की र राजेश पुलामी मगरले एक एक विकेट लिए ।
आर्मी ३ खेलमा ३ मा जित सहित समूह ए मा शीर्षस्थानमा छ । एपिएफ एक खेलमा एकमा जित सहित दोस्रो स्थानमा छ । कर्णाली २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । गण्डकी ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । प्रदेश एक तीनै खेलमा पराजित हुँदै पुछारमा छ । समूह ‘बी’ मा बागमती शीर्षस्थानमा छ । लुम्बिनी दोस्रो, पुलिस तेस्रो, प्रदेश २ चौथो र सुदूरपश्चिम पुछारमा छ ।
पहिलो खेलमा प्रदेश एक एपिएफसँग १ सय ३५ रन र दोस्रो खेलमा गण्डकीसँग २ विकेटले पराजित भएको थियो । प्रदेश एकले आफ्नो अन्तिम खेल टियु क्रिकेट मैदानमा माघ ९ मा कर्णालीसँग खेल्ने । आर्मीले पहिलो खेलमा गण्डकीलाई ९८ रनले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णालीलाई ८० रनले हराएको थियो । आर्मीले समूह चरणको अन्तिम खेल माघ १२ मा टियु मैदानमा नेपाल एपिएफ क्लबसँग खेल्ने छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]