4 years ago
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ ।
जितको लागि १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर कुशल भुर्तेल ४४ बलमा ९ चौका र १ छक्का सहित ५१ रनमा अविजित रहे । १७ औं ओभरको अन्तिम बलमा कुशलले हेमन्त धामीलाई चौका प्रहार गर्दै खेल अन्त्य गर्नुको साथैं आफ्नो अर्धशतक पूरा गरेका थिए ।
सुनिल धमला ५७ बलमा ६ चौका र २ छक्का सहित ५३ रनमा क्याच आउट भए । धमलाले ५१ बलमा अर्धशतक पूरा गरेका थिए । पहिलो विकेटका लागि सुनिल धमला र कुशल भुर्तेलले १६.१ ओभरमा ९७ रनको साझेदारी गर्दै सहज जित दिलाएका थिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम ओभरमा ३३.१ रनमा १ सय १० रनमा अल आउट भएको थियो । राम्रो सुरुवात गरेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा सुदूरपश्चिम सस्तैमा समेटिएको हो । एक समय १६.३ ओभरमा ८०–१ रनको अवस्थामा रहेको सुदूरपश्चिमको नाटकीय विकेटपतनसँगै १ सय १० रनमै अल आउट भएको हो । समग्रमा सुदूरपश्चिमले ३० रन जोड्न ९ विकेट गुमाउन पुग्यो ।
पहिलो ओभरको दोस्रो बलमै ओपनर तथा कप्तान सन्तोष भट्ट शून्यमा रन आउट हुन पुगेका थिए । त्यसपछि दोस्रो विकेटका लागि खडक बहादुर बोहरा र सन्जु दमाईले ८० रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर १७ औं ओभरको चौथो बलमा स्पिनर सागर ढकालले खडकलाई ४० रनमा एलबिडब्लू आउट गरेपछि सुदूरपश्चिमको नाटकीय विकेटपतन सुरु भएको थियो । खडकले ५३ बलमा ८ चौका प्रहार गरे ।
सागरको २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्जु लङअनमा सुनिल धमलाबाट ३५ रनमा क्याच आउट हुन पुगेका थिए । सन्जुले ५८ बलमा ५ चौका प्रहार गरे । २७ औं ओभरको तेस्रो बलमा अरुण ऐरी १३ रनमा स्टम्पिङ आउट भए । त्यसपछिका ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
२८ औं ओभरको दोस्रो बलमा नारायण जोशी एक रनमा आउट भएपछि सुदूरपश्चिमको ठूलो सम्भावना सकिएको थियो । किरण ठगुन्ना, नरेन्द्र साउद, हेमन्त धामी र शेर मल्लले खाता खोल्न सकेनन् । अर्जुन साउद ३४ बलमा १ चौका सहित १० रनमा आउट भए । स्पिनर सागर ढकालले १० ओभरमा ३ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए ।
पहिलो खेलमा पुलिस बागमतीसँग ७ विकेटले पराजित भएको थियो । बिहिबार पुलिसले लुम्बिनीसँग टियुमै खेल्ने छ । सुदूरपश्चिम पहिलो खेलमा बागमतीसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । सुदूरपश्चिमले आफ्नो तेस्रो खेलमा माघ १० मा लुम्बिनीसँग मुलपानीमा खेल्ने छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]