default_image

4 years ago

January 20, 2021

दीपेन्द्र र सागरको घातक बलिङमा पुलिसलाई सामान्य लक्ष्य

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकाल र दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पुलिसलाई १ सय ११ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम ओभरमा ३३.१ रनमा १ सय १० रनमा अल आउट भयो । राम्रो सुरुवात गरेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा सुदूरपश्चिम सस्तैमा समेटिएको हो । एक समय १६.३ ओभरमा ८०–१ रनको अवस्थामा रहेको सुदूरपश्चिमको नाटकीय विकेटपतनसँगै १ सय १० रनमै अल आउट भएको हो । समग्रमा सुदूरपश्चिमले ३० रन जोड्न ९ विकेट गुमाउन पुग्यो ।

पहिलो ओभरको दोस्रो बलमै ओपनर तथा कप्तान सन्तोष भट्ट शून्यमा रन आउट हुन पुगेका थिए । त्यसपछि दोस्रो विकेटका लागि खडक बहादुर बोहरा र सन्जु दमाईले ८० रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर १७ औं ओभरको चौथो बलमा स्पिनर सागर ढकालले खडकलाई ४० रनमा एलबिडब्लू आउट गरेपछि सुदूरपश्चिमको नाटकीय विकेटपतन सुरु भएको थियो । खडकले ५३ बलमा ८ चौका प्रहार गरे ।

सागरको २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्जु लङअनमा सुनिल धमलाबाट ३५ रनमा क्याच आउट हुन पुगेका थिए । सन्जुले ५८ बलमा ५ चौका प्रहार गरे । २७ औं ओभरको तेस्रो बलमा अरुण ऐरी १३ रनमा स्टम्पिङ आउट भए । त्यसपछिका ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

२८ औं ओभरको दोस्रो बलमा नारायण जोशी एक रनमा आउट भएपछि सुदूरपश्चिमको ठूलो सम्भावना सकिएको थियो । किरण ठगुन्ना, नरेन्द्र साउद, हेमन्त धामी र शेर मल्लले खाता खोल्न सकेनन् । अर्जुन साउद ३४ बलमा १ चौका सहित १० रनमा आउट भए ।

स्पिनर सागर ढकालले १० ओभरमा ३ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ६.१ ओभरमा २ मेडन सहित १० रन खर्चेर ४ विकेट लिए ।

March 19, 2025

लगातार ४ खेलमा ललितको ५ विकेट हल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

Success

Thank you for your time.