default_image

4 years ago

January 20, 2021

सुदूरपश्चिमदेखि सजग पुलिस

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदै छन् । टियु मैदानमा समूह बी का नेपाल पुलिस क्लब र सुदूरपश्चिम तथा मुलपानी क्रिकेट मैदानमा समूह ए का त्रिभुवन आर्मी क्लबले प्रदेश एकसँग खेल्ने छन् ।

टियु मैदानमा पुलिस र सुदूरपश्चिम दुबै पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा पुलिस बागमतीसँग ७ विकेटले पराजित भएको थियो । साविक विजेता पुलिसलार्ई सेमिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पुलिस ३० ओभर पुरै पनि टिक्न सकेको थिएन ।

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको बाहुल्यता भएको पुलिस उक्त गल्तीबाट पाठ सिक्न खोज्ने छ । पुलिसका सबै ब्याट्सम्यानलाई जिम्मेवार इनिङ खेल्न आवश्यक देखिन्छ । पछिल्लो खेलमा पुलिसका पाँच ब्याट्सम्यान एक रनमा आउट भएका थिए । पुलिसको टोलीमा परिवर्तनको सम्भावना कम छ । बलिङमा ललितनारायण राजवंशी र राशिद खानको प्रर्दशन महत्वपूर्ण हुने छ ।

यता सुदूरपश्चिम पहिलो खेलमा बागमतीसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । जसक्रममा शीर्षक्रमका चार ब्याट्सम्यान शून्यमा आउट भएका थिए । खडक बहादुर बोहरा र गजेन्द्र बोहरा ओपनर जोडीलाई राम्रो सुरुवात दिन आवश्यक देखिन्छ ।

बागमतीसँग पराजित भएपनि किरण ठगुन्ना, अर्जुन साउद र नारायण जोशीले आक्रामक उत्कृष्ट ब्याटिङ गरेका थिए । ठूला सटको क्षमता राख्ने यी तीनै युवा ब्याट्सम्यान पुलिसलाई घातक बन्न सक्छन् । विनोद लामा वा भोजराज भट्टको स्थानमा युवा स्पिनर नरेन्द्र साउदलाई मौका दिन सक्छ । बलिङमा स्पिनर शेर मल्लबाट सुदूरपश्चिम उत्कृष्ट प्रर्दशन चाहान्छ ।

मुलपानीमा आर्मीले प्रदेश एकसँग खेल्ने छ । आर्मी विजयी भएमा सेमिफाइनलमा स्थान लगभग पक्कापक्की हुने छ । आर्मीले पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदा दोस्रो खेलमा कर्णालीलाई ८० रनले हराएको थियो ।

पहिलो खेलमा कप्तान विनोद भण्डारीले शतक प्रहार गर्दा दोस्रो खेलमा अनिल कुमार मण्डलले उत्कृष्ट इनिङ खेलेका थिए । यी दुई ब्याट्सम्यान प्रदेश एकलाई घातक बन्न सक्छन् । रोहित कुमार पौडेल, हरि चौहान, राजु रिजाललाई भने उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ । स्पिनर सुशन भारी र साहब आलमको जोडी प्रदेश एकलाई थप घातक बन्न सक्छन् ।

यता प्रदेश एकले सुरुवाती दुबै खेलमा कमजोर प्रर्दशन गरेको छ । यस प्रतियोगिताकै कमजोर देखिएको प्रदेश एक एपिएफसँग १ सय ३५ र गण्डकीसँग २ विकेटले पराजित भएको थियो । दुबै खेलमा प्रदेश एकको ब्याटिङ सम्झन लायक छैन । कप्तान सिद्धान्त लोहनीलाई जिम्मेवारीका साथ उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

युवा अलराउन्डर दिपेश कंडेल र स्पिनर हेमन्त राईले भने राम्रो प्रर्दशन गरेका छन् । यी दुई स्पिनर जोडी आर्मीका ब्याट्सम्यानलाई घातक बन्न सक्छन् । फिर्दोस अन्सारी टोलीका हतियार अलराउन्डर हुन् । मिनास थापा, दीपक पासवान, शुवन्कर उराउलाई शीर्षक्रममा जिम्मेवारी इनिङ खेल्न आवश्यक देखिन्छ ।

राष्ट्रिय टोलीका खेलाडीले भरिभराउ आर्मीलाई हराउन प्रदेश एकका खेलाडीले चमत्कार प्रर्दशन गर्न आवश्यक देखिन्छ । आजको खेलमा पराजित भएमा प्रदेश एक औपचारिक रुपमा बाहिरिने पहिलो टोली बन्ने छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.