4 years ago
January 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको समाचार संकलनका क्रममा आयोजक टोलीका एक जिम्मेवार सदस्यबाट समाचार संकलनमा रहेका खेलकुद पत्रकारमाथि भएको अभद्र व्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मुलपानी र टियूमा प्रतियोगिता सञ्चालन भइरहेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा कर्णाली र गण्डकी प्रदेशबीचको खेलपछि नियमित पोष्ट म्याच प्रेस कन्फ्रेन्स भएको थियो ।
त्यसमा खेल पत्रकारले कर्णालीका प्रशिक्षकसंग अन्तर्वार्ता लिइरहेका बेला बागमती प्रदेश क्रिकेट संघका सदस्य अजय वीर पाण्डेले कति चाहिने नचाहिने प्रश्न गरिरहेको ? भन्दै आक्रामक रुपमा प्रस्तुत भएर पत्रकार सम्मेलनमा हस्तक्षेप गरेका थिए ।
मिडिया जोनु मा अन्तर्वार्ता चलिरहेको बेला उनले गरेको सो अभद्र व्यवहारको खेलपत्रकारहरुले विरोध गरेका थिए । पाण्डे त्यतिमा न रोकिएनन् , मञ्चका महासचिव प्रज्वल ओलीले मंगलबार जारी विज्ञप्तीमा भनिएको छ ।
पत्रकार सम्मेलन अवरुद्ध भएपछि त्यहाँबाट हिँडेका पत्रकारहरुलाई उनले फेरी अभद्र व्यवहार गरेको बताइएको छ । पत्रकारहरुले प्रतिकार गर्न खोज्दा धम्किको भाषा प्रयोग गरे। मञ्चले पाण्डे त्यो अभद्र व्यवहारको घोर भत्सर्ना गरेको छ । साथै पाण्डेमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेको छ ।
पाण्डे पिएम कपको एन्टि करप्सन युनिट (एसीयु) कमिटीका सदस्य पनि हुन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसँग छलफल हुंदा उनीहरुले पाण्डेको हरकतबारे ध्यानाकर्षण भएको तथा छानविन गरी दोषी भेटिए कारवाही गर्ने वचनवद्धता प्रकट गरेको मञ्चले विज्ञप्तीमा उल्लेख गरेको छ । मञ्चले खेल पत्रकारहरुलाई सुरक्षित रुपमा सुचना संकलन गर्ने वातावरण बनाउन क्यानसँग माग समेत गरेको छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]