4 years ago
January 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर अनिल खरेल र युवा ब्याट्सम्यान सन्दीप रजालीको उत्कृष्ट प्रर्दशनको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
लुम्बिनीले मंगलबार टियु क्रिकेट मैदानमा प्रदेश दुई लाई ७७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश दुई ४२.४ ओभरमा १ सय ८० रनमा अल आउट भएको थियो । प्रदेश दुईका युवा अलराउन्डर बिवेक यादवले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ४९ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए ।
ओपनर सुधिर चौधरीले ७५ बलमा ३ चौका र १ छक्का सहित ४२ रनमा आउट भए । हरिशंकर शाह २२ र महबुब आलम ३१ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका युवा स्पिनर अनिल खरेलले १० ओभरमा २ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिए । बिक्रम भुषाल र दीपेन्द्र रावतले २–२ विकेट लिए । कृष्ण कार्की र अमित तामाङले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका युवा ब्याट्सम्यान सन्दीप रजालीले १ सय ७ बलमा ११ चौका सहित सर्वाधिक ८३ रनको योगदान दिँदै म्यान अफ द म्याच चुनिए । सौरभ खनालले ६४ बलमा ५ चौका र ३ छक्का सहित ५६ रनमा आउट भए ।
पाँचौ ओभरको दोस्रो बलमा सैफुल्लाह अन्सारी सन्दीप सुनारलाई ११ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सन्दीपले ११ बलमा २ चौका प्रहार गरे । आठौं ओभरको पहिलो बलमा विकेटकिपर सुशान्त सिंह थापालाई दिव्यान्सु मलिकले ६ रनमा एलबिडब्लू आउट गरेका थिए ।
दशौं ओभरको दोस्रो बलमा प्रनित थापा मगर ८ रनमा क्याच आउट भएपछि लुम्बिनी ४२–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि सन्दीप रजाली र सौरभले ९५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
विक्रम भुषाल ३८ बलमा ३ छक्का सहित ३६ रनमा रन आउट भए । कृष्ण कार्की १०, अनिल खरेल ६ र अमित तामाङले ११ रनको योगदान दिए । हरिशंकर शाहले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । दिब्यान्सु मलिकले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर २ विकेट लिए । सैफुल्लाह अन्सारी, कुमार थापा र विशाल शुश्लिङले १–१ विकेट लिए ।
लुम्बिनीले दोस्रो खेल बिहिबार पुलिससँग खेल्ने छ । प्रदेश २ ले शुक्रबार मुलपानीमा बागमतीविरुद्ध खेल्ने छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]