default_image

4 years ago

January 19, 2021

मैदानमै आयोजकद्वारा अभद्र व्यवहार

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा समाचार संकलनका क्रममा आयोजकबाट नै पोस्ट म्याच प्रेजेन्टेसनमा अभद्र व्यवहार भएको छ ।

मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र गण्डकी प्रदेशको खेल सकिएपश्चात पोस्ट म्याच प्रेजेन्टेसनमा विजयी टोलीका कप्तान तथा प्रशिक्षकसँग अन्तर्वार्ता लिने नियमित कार्य थियो । प्रतियोगितामा तोकिएको स्थानमा नै संचारकर्मी कर्णालीका प्रशिक्षकसँग अन्तर्वार्ता लिने क्रममा बागमती प्रदेश क्रिकेट संघका सदस्य अजय वीर पाण्डेबाट अभद्र व्यवहार भयो । उनी प्रतियोगितामा एसीयु कमिटि सदस्य समेत छन् ।

अन्तर्वार्ताका क्रममा नै पाण्डेले त्यसो गरेपछि संचारकर्मी फर्कने क्रममा उनले थप अभद्र गरे र प्रतिप्रश्न गर्ने क्रममा धम्किको भाषा प्रयोग गरे । मैदानमा रहेका क्यानका अन्य व्यक्तिले उनको गल्ति भएको औंल्याईरहदा उनले आफ्नो अड्डी रोकेनन् ।

यस विषयमा क्यानलाई जानकारी गराउँदा यस विषयमा संघ गम्भीर रहेको जनाएको छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.