4 years ago
January 19, 2021
एजेन्सी – युवा विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट ब्याटिङसँगै चौथो तथा अन्तिम टेष्ट खेलमा अष्ट्रेलियामाथि भारतले ३ विकेटको सानदार जित निकालेको छ । योसँगै चार टेष्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ ।
जितका लागि ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौ दिनको खेल सकिन तीन ओभर बाँकी रहँदा भारतले खेल जितेको हो । पाँचौं दिन ४ रनको अवस्थाबाट सुरु गरेको भारतले उत्कृष्ट ब्याटिङ गर्दै जित निकालेको हो ।
भारतको जितमा पन्त १ सय ३८ बलमा ९ चौका र १ छक्का सहित ८९ रनमा अविजित रहे । जोश हेजलवुडलाई चौका प्रहार गर्दै खेल जिताएका थिए । वासिन्टन सुन्दर २९ बलमा २ चौका र १ छक्का सहित २२ रनमा आउट भए ।
युवा ओपनर सुभमन गिलले १ सय ४६ बलमा ८ चौका र २ छक्का सहित ९१ रनको योगदान दिए । चेतेश्वर पुजारा ५६, अजिक्या रहाने २४, रोहित शर्मा ७ र मयंक अग्रवाल ७ रनमा आउट भए । अष्ट्रेलिया प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।
दोस्रो इनिङमा अष्ट्रेलिया २ सय ९४ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले ७४ बलमा ७ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए । डेभिड वार्नर ७५ बल खेल्दै ६ चौका साथ ४८ रनमा एलबिडब्लू आउट भएका थिए । मार्नस हरिस ३८, मार्नस लाबुसेन २५, क्यामरन ग्रिन ३७, टिम पेइन २७ र प्याट कमिन्सले २८ रनको योगदान दिए ।
भारतका मोहम्मद शिराजले १९.५ ओभरमा ५ मेडन सहित ७३ रन खर्चेर ५ विकेट लिए । शार्दुल ठाकुरले ४ र वासिन्टन सुन्दरले १ विकेट लिए ।
त्यसअघि भारत ३ सय ३६ रनमा अल आउट हुँदै पहिलो इनिङमा ३३ रनले पछि परेको थियो । भारतका तल्लोक्रममा तीव्र गतिका बलर शार्दुल ठाकुरले करिअरको उत्कृष्ट प्रर्दशन गर्नेक्रममा १ सय १५ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिएका थिए ।
डेब्यू खेल खेलेका वासिन्टन सुन्दर १ सय ४४ बलमा ७ चौका र १ छक्का सहित ६२ रनको योगदान दिए । कमजोर प्रर्दशन गरेको भारतलाई वासिन्टन र शार्दुलले सातौं विकेटका लागि १ सय २३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए ।
ओपनर रोहित शर्मा ४४, सुभमन गिल ७, चेतेश्वर पुजारा २५, अजिक्या रहाने ३७, मयंक अग्रवाल ३८ र ऋषभ पन्त २६ रनमा आउट भए । अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले सर्वाधिक ५ विकेट लिए । मिचेल स्टार्क र प्याट कमिन्सको नाममा २–२ विकेट रह्यो ।
त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ६९ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया युवा ब्याट्सम्यान मार्नस लाबुसेनले २ सय ४ बलमा ९ चौका सहित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । लाबुसेनको यो पाँचौ टेष्ट शतक हो ।
कप्तान टिम पेईन ५०, क्यामरन ग्रिन ४७, म्याथ्यु वेड ४५, स्टिभ स्मिथ ३६ र नाथन लायन २४ रनमा आउट भए । मिचेल स्टार्क २० रनमा अविजित रहे । भारतका वासिन्टन सुन्दर, शार्दुल ठाकुर र टि नटराजनले ३–३ विकेट लिए ।
पहिलो टेष्टमा अष्ट्रेलिया र दोस्रोमा भारत समान ८ विकेटले विजयी भएका थिए । तेस्रो टेष्ट बराबरीमा सकिएको थियो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]