4 years ago
January 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकीले प्रदेश एकमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ ।
जितका लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा दुई युवा ब्याट्सम्यान अर्जुन कुमाल र दीपक डुम्रेले ३५–३५ रनको योगदान दिए । २३ औं ओभरमा रन आउट हुनुअघि अर्जुनले ६८ बलमा ५ चौका प्रहार गरे ।
अर्जुन आउट भएको एक बलपछि शुवन्कर उराउले एलबिडब्लू आउट गर्नुअघि दीपकले ९४ बलमा ४ चौका प्रहार गरे । खराब सुरुवात गरेको गण्डकीलाई तेस्रो विकेटका लागि अर्जुन र दीपकले ५५ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तय गरेका थिए । तर तल्लोक्रमका ब्याट्सम्यान लगायतार आउट हुँदा गण्डकीले संघर्ष गर्नुपरेको थियो ।
अविषेक थापा ४० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । राहुल उपाध्याय शून्य, समिर कंडेल १, दीपेश खत्री शून्य, पिविन खत्री ८ र दीनेश बुढामगर ७ रनमा आउट भए । प्रदेश एकका शुवन्कर उराउ र मिनाश थापाले २–२ विकेट लिए । दीपेश कंडेल र हेमन्त राईले १–१ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एक २७.४ ओभरमा १ सय २ रनमा अल आउट भएको थियो । प्रदेश एकका ओपनर मिनास थापाले २२, सिद्धान्त लोहनी २४, दीपक पासवान ११, शुवन्कर उराउ १२ र दीपेश कंडेल १० रनमा आउट भए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
स्पिनर विशालले २८ औं ओभरको दोस्रो बलमा राजन मगरलाई राहुल उपाध्यायबाट ४ रनमा क्याच गराए । तेस्रो बलमा मनोज तामाङ र चौथो बलमा हेमन्त राईलाई शून्यमा एलबिडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । कप्तान विपिन खत्री र सुबास भण्डारीले शीर्ष र मध्यक्रम धरासय बनाएका थिए । प्रदेश एकका सबै विकेट स्पिनरले लिएका हुन् ।
युवा स्पिनर विशाल पौडेलले ६.४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । अर्का युवा स्पिनर सुबास भण्डारीले ७ ओभरमा ४ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । कप्तान विपिन खत्रीले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर २ विकेट लिए ।
गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित भएको थियो । तेस्रो खेलमा गण्डकीले मंगलबार कर्णालीसँग मुलपानीमै खेल्ने छ । प्रदेश एक पहिलो खेलमा एपिएफसँग १ सय ३५ रनले पराजित भएको थियो । तेस्रो खेलमा प्रदेश एकले आर्मीसँग बुधबार मुलपानीमा खेल्ने छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]