default_image

4 years ago

January 18, 2021

पृथुको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमलाई विशाल लक्ष्य

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान पृथु बास्कोटा र ओपनर आदिल खानको उत्कृष्ट ब्याटिङको सहयोगमा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमतीले सुदूरपश्चिमलाई ३ सय रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९९ रन बनायो । उपकप्तान तथा मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटाले ९४ बलमा १० चौका र २ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । कप्तान सन्तोष भट्टको बलमा पृथु सन्जु धामीको बलमा एज लागेर आउट हुन पुगेपछि शतक बनाउन चुकेका थिए ।

आदिल ८६ बलमा १० चौका सहित ६३ रन जोड्दै आउट भए थिए । तीव्र गतिका बलर भोजराज भट्टको बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा गजेन्द्र बोहराबाट क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि पृथु र आदिलले १ सय ९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

ओपनर आकाश थापा दोस्रो ओभरमै १३ रनमा क्याच आउट हुन पुगेका थिए । तीव्र गतिका बलर भोजराज भट्टको बलमा ठूलो सट खेलेका आकाश थर्डम्यानमा शेर मल्लबाट उत्कृष्ट क्याच आउट हुँदै पेभिलिएन फर्केका थिए । आक्रामक ब्याटिङ गरेका उनले ८ बलमा ३ चौका प्रहार गरे ।

दशौं ओभरको चौथो बलमा स्पिनर विनोद लामाले पारस खड्कालाई २० रनमा बोल्ड आउट गरेका थिए । पारसले १९ बलमा ३ चौका प्रहार गरे । तल्लोक्रममा कप्तान ज्ञानेन्द्र मल्ल २३ बलमा ३ चौका सहित ३२ रनमा आउट भए । ईशान पान्डे १७, विपिन आचार्य ३२ रनमा आउट हुँदा रामनरेश गिरी १० रनमा अविजित रहे ।

नारायन जोशीले १० ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्टले ८ ओभरमा ६३ रन खर्चेर २ विकेट लिए । सन्तोष भट्टले ९ ओभरमा ५९ रन खर्चेर २ विकेट लिए । विनोद लामाको नाममा १ विकेट रह्यो ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.