4 years ago
January 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ओपनर आदिल खान र पृथु बास्कोटाको अर्धशतकको सहयोगमा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमतीले सुदूरपश्चिमविरुद्ध उत्कृष्ट सुरुवात गर्दै विशाल योगफलतर्फ अघि बढेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बागमतीले ३३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको छ । पृथु बास्कोटा ८० बलमा १० चौका सहित ६७ रनमा खेलि रहेका छन् ।
आदिल ८६ बलमा १० चौका सहित ६३ रन जोड्दै आउट भएका छन् । भोजराज भट्टको बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा गजेन्द्र बोहराबाट क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि पृथु र आदिलले १ सय ९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।
ओपनर आकाश थापा दोस्रो ओभरमै १३ रनमा क्याच आउट हुन पुगेका थिए । तीव्र गतिका बलर भोजराज भट्टको बलमा ठूलो सट खेलेका आकाश थर्डम्यानमा शेर मल्लबाट उत्कृष्ट क्याच आउट हुँदै पेभिलिएन फर्केका थिए । आक्रामक ब्याटिङ गरेका उनले ८ बलमा ३ चौका प्रहार गरे ।
दशौं ओभरको चौथो बलमा स्पिनर विनोद लामाले पारस खड्कालाई २० रनमा बोल्ड आउट गरे । पारसले १९ बलमा ३ चौका प्रहार गरे ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]