default_image

4 years ago

January 18, 2021

विशालको ह्याट्रिकमा प्रदेश एकको लज्जास्पद ब्याटिङ

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर विशाल पौडेलको ह्याट्रिक र सुबास भण्डारीको घातक बलिङमा चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रदेश एकले गण्डकी प्रदेशलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एक २७.४ ओभरमा १ सय २ रनमा अल आउट भयो । प्रदेश एकका ओपनर मिनास थापाले २२, सिद्धान्त लोहनी २४, दीपक पासवान ११, शुवन्कर उराउ १२ र दीपेश कंडेल १० रनमा आउट भए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

स्पिनर विशालले २८ औं ओभरको दोस्रो बलमा राजन मगरलाई राहुल उपाध्यायबाट ४ रनमा क्याच गराए । तेस्रो बलमा मनोज तामाङ र चौथो बलमा हेमन्त राईलाई शून्यमा एलबिडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । कप्तान विपिन खत्री र सुबास भण्डारीले शीर्ष र मध्यक्रम धरासय बनाएका थिए । प्रदेश एकका सबै विकेट स्पिनरले लिएका हुन् ।

युवा स्पिनर विशाल पौडेलले ६.४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । अर्का युवा स्पिनर सुबास भण्डारीले ७ ओभरमा ४ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । कप्तान विपिन खत्रीले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर २ विकेट लिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.