default_image

4 years ago

January 18, 2021

बागमतीलाई निराश बनाउने सोचमा सुदूरपश्चिम

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता चौथो दिन दुबै खेलमा प्रदेशका टोलीबीच प्रतिस्पर्धा हुँदैछ । बिहान ९ बजेबाट सुरु हुने खेलमा टियु मैदानमा सुदूरपश्चिम र बागमती प्रदेश तथा मुलपानीमा गण्डकी र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा सहज बनाउन खोज्ने छ । सुदूरपश्चिम विजयी सुरुवात गर्न खोज्ने छ । बागमतीले पहिलो खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो ।

बागमतीमा स्पिनर तिलकराज भण्डारी र तीव्र गतिका बलर नन्दन यादवले ४–४ विकेट लिएका थिए । यी दुवै खेलाडी सुदूरपश्चिमलाई घातक बन्न सक्छन् । ब्याटिङमा पृथु बास्कोटाले ४८ रनको विजयी इनिङ खेलेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का टोलीका प्रमुख ब्याटिङ हतियार हुन् ।

पुलिसविरुद्ध सुरुवाती दुई विकेट लिएका तीव्र गतिका बलर रामनरेश गिरी पनि बागमतीको नायक बन्न सक्छन् । दीपेश श्रेष्ठको स्थानमा बागमतीले युवा तीव्र गतिका बलर गौतम केसीलाई मौका दिन सक्छ । अन्य परिवर्तनको भने सम्भावना कम देखिन्छ ।

यता सुदूरपश्चिम पनि बागमतीलाई हराउँदै विजयी सुरुवात गर्न खोज्ने छ । युवा खेलाडीले भोरिएको सुदूरपश्चिमको कप्तानी सन्तोष भट्टले गर्नेछन् । अरुण ऐरी, खडक बहादुर बोहरा र गजेन्द्र बोहरा शीर्षक्रमका ब्याट्सम्यान हुन् ।

युवा आक्रामक ब्याट्सम्यान किरण ठगुन्ना तल्लोक्रममा बागमतीलाई टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् । स्पिनर शेर मल्ल टोलीका प्रमुख हतियार हुन् । शेर तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्ने गर्दछन् । बायाँ हाते स्पिनर विनोद लामा पनि घातक बन्न सक्छन् ।

मुलपानीमा गण्डकी र प्रदेश एक दुबै पहिलो जितको खोजिमा हुने छन् । यी दुई प्रदेशबीच पनि उच्च प्रतिस्पर्धा हुने आशा गरिएको छ । प्रदेश एक एपिएफसँग १ सय ३५ रनले पराजित हुँदा गण्डकी आर्मीसँग ९८ रनले हारेको थियो ।

आर्मीसँग हारेपनि गण्डकीले उत्कृष्ट प्रर्दशन गरेको थियो । गण्डकीका युवा ब्याट्सम्यान अर्जुन कुमाल, समिर कंडेलले आर्मीविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका थिए । यी दुई ब्याट्सम्यान मुलपानीमा पनि प्रदेश एकलाई टाउको दुखाई बन्न सक्छन् । कप्तान विपिन खत्री तल्लोक्रममा उत्कृष्ट सटको क्षमता राख्ने गर्दछन् । विपिन खत्री र विशाल पौडेल बलिङ हतियार हुन् । सुबास भण्डारी र चन्द्रकान्त पौडेल पनि घातक बन्न सक्छन् ।

एपिएफविरुद्ध २–२ विकेट लिएका दुई युवा स्पिनर हेमन्त राई र दीपेश कंडेल प्रदेश एकका बलिङ हतियार हुन् । यी दुई स्पिनर गण्डकीलाई घातक बन्न सक्छन् । फिर्दोस अन्सारी टोलीका प्रमुख अलराउन्डर हुन् । उनको प्रर्दशन टोलीलाई निकै महत्वपूर्ण हुने छ ।

दीपेश कंडेल पनि तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्ने गर्दछन् । कप्तान सिद्धान्त लोहनीलाई ब्याटिङमा जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । प्रदेश एकका अन्य खेलाडीलाई ब्याटिङमा जिम्मेवारी इनिङ खेल्न आवश्यक देखिन्छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.