4 years ago
January 17, 2021
एजेन्सी – श्रीलंकासँगको पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड जित नजिक पुगेको छ । इंग्ल्यान्डलाई जितको लागि अन्तिम दिन ३६ रन आवश्यक हुँदा ७ विकेट सुरक्षित छ ।
चौथो दिन ७४ रनको सामान्य लक्ष्य पाएको इंग्ल्यान्डले १५ ओभरमा ३८ रन जोड्दा ३ विकेट गुमाएको छ । जोनी बेयरस्टो ११ र ड्यान लरेन्स ७ रनमा अविजित छन् । ज्याक क्रली ८, डोम सिब्ले २ र कप्तान जो रुट १ रनमा आउट भए । श्रीलंका दोस्रो इनिङमा ३ सय ५९ रनमा अल आउट भयो ।
श्रीलंका पहिलो इनिङमा २ सय ८६ रनले पछि पर्दा दोस्रो इनिङमा राम्रो ब्याटिङ गरेपनि समग्रमा ७३ रनको अग्रता लिएको थियो । श्रीलंका ओपनर लाहिरु थिरिमानेले २ सय ५१ बलमा १२ चौका सहित १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । पहिलो विकेटका लागि लाहिरु र कुशलले ३७.४ ओभरमा १ सय १ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । साम करनले ज्याक लेचबाट कुशललाई क्याच आउट गर्दै शतकीय साझेदारी तोडेका थिए ।
एन्जिलो म्याथ्युज ७१, कुशल परेरा ६२, दिनेश चान्डिमल २०, निरोसन डिक्वेला २९ र दिलरुवान परेरा २४ रनमा आउट भएका थिए । इंग्ल्यान्डका ज्याक लेचले ५ विकेट लिए । डोम बेसले ३ र साम करनले २ विकेट लिए ।
त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा ४ सय २१ रनमा अल आउट हुँदै २ सय ८६ रनको विशाल अग्रता लिएको थियो । इग्ल्यान्डका कप्तान जो रुटले ३ सय २१ बलमा १८ चौका र १ छक्का सहित २ सय २८ रनको उत्कृष्ट दोहोरो शतकीय कप्तानी इनिङ खेले ।
रुटले २ सय ९१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै करिअरको चौथो दोहोरो शतक पूरा गरे । समग्रमा श्रीलंकाविरुद्ध रुटको दोस्रो दोहोरो शतक हो । रुटले मिड विकेटमा लासिथ एम्बुल्डेनियालाई चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए ।
रुटले श्रीलंकाविरुद्ध २०१४ मा घरेलु मैदान लर्ड्समा २ सय रनमा अविजित रहँदै करिअरको पहिलो दोहोरो शतक प्रहार गरेका थिए । पाकिस्तानविरुद्ध २०१६ मा घरेलु मैदान म्यानचेस्टरमा रुटले टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २ सय ५४ रनको इनिङ खेलेका थिए । गतवर्ष रुटले न्युजिल्यान्डविरुद्ध हामिल्टनमा २ सय २६ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए ।
दोस्रो दिन डेब्यू खेल खेलेका ड्यान लरेन्स १ सय ५० बलमा ६ चौका र १ छक्का सहित ७३ रनमा क्याच आउट भएका थिए । जोनी बेयरस्टो ४७, ज्याक क्रली ९ र डोम सिब्ले ४, जस बटलर ३० र साम करन शून्यमा आउट भए । श्रीलंका श्रीलंका दिलरुवान परेराले सर्वाधिक ४ विकेट लिए । लासिथ एम्बुल्डेनियाले ३ र असिथा फ्रेनान्डोले २ विकेट लिए ।
त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ४६.१ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । कप्तान दीनेश चान्डिमलले २८, कुशल परेरा २०, एन्जिालो म्याथ्युज २७ र दसुन शनका २३ रनको योगदान दिए । इंग्ल्यान्डका स्पिनर डोम सिब्लेले १०।१ ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले ३ र ज्याक लेचको नाममा १ विकेट रह्यो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]