default_image

4 years ago

January 17, 2021

भारतविरुद्ध अष्ट्रेलियालाई सामान्य अग्रता

96 views

0 Bookmark

एजेन्सी – भारतसँग चौथो तथा अन्तिम टेष्ट खेलमा अष्ट्रेलियाले सामान्य अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा अष्ट्रेलियाले ५४ रनको अग्रता लिएको छ ।

तेस्रो दिन अन्तिम समयमा ब्याटिङ थालेको अष्ट्रेलिया दोस्रो इनिङमा ६ ओभरमा २१ रन जोड्दा कुनै विकेट गुमाएको छैन । ओपनर डेभिड वार्नर २२ बलमा ३ चौका सहित २० रन र मार्नस हरिस १ रनमा अविजित छन् ।

त्यसअघि भारत ३ सय ३६ रनमा अल आउट हुँदै पहिलो इनिङमा ३३ रनले पछि परेको थियो । भारतका तल्लोक्रममा तीव्र गतिका बलर शार्दुल ठाकुरले करिअरको उत्कृष्ट प्रर्दशन गर्नेक्रममा १ सय १५ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए ।

डेब्यू खेल खेलेका वासिन्टन सुन्दर १ सय ४४ बलमा ७ चौका र १ छक्का सहित ६२ रनको योगदान दिए । कमजोर प्रर्दशन गरेको भारतलाई वासिन्टन र शार्दुलले सातौं विकेटका लागि १ सय २३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए ।

ओपनर रोहित शर्मा ४४, सुभमन गिल ७, चेतेश्वर पुजारा २५, अजिक्या रहाने ३७, मयंक अग्रवाल ३८ र ऋषभ पन्त २६ रनमा आउट भए । अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले सर्वाधिक ५ विकेट लिए । मिचेल स्टार्क र प्याट कमिन्सको नाममा २–२ विकेट रह्यो ।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ६९ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया युवा ब्याट्सम्यान मार्नस लाबुसेनले २ सय ४ बलमा ९ चौका सहित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । लाबुसेनको यो पाँचौ टेष्ट शतक हो ।

कप्तान टिम पेईन ५०, क्यामरन ग्रिन ४७, म्याथ्यु वेड ४५, स्टिभ स्मिथ ३६ र नाथन लायन २४ रनमा आउट भए । मिचेल स्टार्क २० रनमा अविजित रहे । भारतका वासिन्टन सुन्दर, शार्दुल ठाकुर र टि नटराजनले ३–३ विकेट लिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.