default_image

4 years ago

January 17, 2021

बागमतीले पुलिसलाई हरायो

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बागमतीले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका मध्यक्रमका ब्याट्सम्यान तथा उपकप्तान पृथु बास्कोटा ६६ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनमा अविजित रहे । ईशान पान्डे ६६ बलमा २ चौका सहित १७ रनमा अविजित रहे ।

पृथुले ३५ औं ओभरको चौथो बलमा स्पिनर ललितनारायण राजवंशीलाई लङअनमा उत्कृष्ट छक्का प्रहार गर्दै खेल सकाएका थिए ।

दोस्रो ओभरको चौथो बलमा ओपनर आकाश थापा एक रनमा रन आउट हुन पुगेका थिए । ११ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीले आदिल खानलाई १२ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । आदिलले २८ बलमा २ चौका प्रहार गरे । १६ औं ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीले १७ रनमा बोल्ड आउट गर्दै पुलिसलाई झिनो आशा देखाएका थिए । टियू मैदानमा ४४ बल खेलेका पारसले एक चौका प्रहार गरेका थिए ।

चौथो विकेटका लागि ईशान र पृथुले ७९ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए । पुलिसका दीपेन्द्र र ललितले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिस २९.३ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो । बागमतीको बलिङ सामु पुलिसका कुनैपनि ब्याट्सम्यानले क्रिजमा टिकेर जिम्मेवारी प्रर्दशन गर्न नसक्दा सस्तैमा अल आउट हुन पुगेको थियो ।

पहिलो ओभरको तेस्रो बलमै सुनिल धमलाले एक रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर रामनरेश गिरीको बलमा एज लागेर गएको बल विकेटकिपर आकाश थापाले छोड्न पुगेका थिए ।

रामनरेशको सातौं ओभरमा तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा धमला मिस हुँदा १७ रनमा एलबिडब्लूको शिकार बन्न पुगे । धमलाले २२ बलमा ३ चौका प्रहार गरे । नवौं ओभरको तेस्रो बलमा रामनरेशले अमितलाई मिड अफमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराएका थिए । अमितले १० बलमा १ छक्का प्रहार गरे ।

तीव्र गतिका बलर नन्दन यादवले १५ औं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेललाई फस्ट स्लिपमा रहेका पारस खड्काबाट १७ रनमा क्याच गराएपछि पुलिस दबाबमा परेको थियो । ३९ बल खेलेका उनले २ चौका प्रहार गरे ।

१४.३ ओभरमा ६६–३ को अवस्थामा रहेको पुलिसलाई आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले ३४ रनको साझेदारी गर्दै सम्हाल्न खोजेका थिए । तर युवा लेगस्पिनर तिलकराज भण्डारीले आरिफलाई २१ रनमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । आरिफले २५ बलमा ३ चौका प्रहार गरे ।

२३ औं ओभरमा नन्दनले दीपेन्द्रलाई आकाशबाट २१ रनमा क्याच आउट गराएपछि पुलिस १०२– ५ को कमजोर अवस्थामा पुगेको थियो । दीपेन्द्रले ३९ बलमा २ चौका प्रहार गरे । पुलिसका तल्लोक्रमका ब्याट्सम्यान पनि सम्हालिएर खेल्न सकेनन् ।

तिलकको २४ औं ओभरको दोस्रो बलमा अनिल कुमार शाह एज लागेर फस्ट स्लिपमा रहेका पारसबाट १ रनमा क्याच भएपछि पुलिस संकटमा परेको थियो । २५ औं ओभरको अन्तिम बलमा नन्दनले मन्जित श्रेष्ठलाई स्लिपमा पारसबाट ५ रनमा उत्कृष्ट क्याच आउट गराएपछि पुलिस १०७–७ को कमजोर अवस्थामा पुगेको थियो । नन्दनले राशिद खानलाई एक रनमा बोल्ड आउट गरे । दबाबमा तिलककै बलमा गलत सट खेल्दै पवन एक रनमा क्याच आउट भए ।

नन्दन यादवले ९ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ४ विकेट लिए । तिलकराज भण्डारीले ७।३ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ४ विकेट लिए । रामनरेश गिरीले ६ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

पुलिसले दोस्रो खेलमा टियुमा माघ ७ मा सुदूरपश्चिमविरुद्ध खेल्ने छ । बागमतीले सोमबार टियुमा सुदूरपश्चिमसँग खेल्ने छ ।

यो पनि : आर्मीसँग कर्णालीको हार

March 19, 2025

लगातार ४ खेलमा ललितको ५ विकेट हल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

Success

Thank you for your time.