default_image

4 years ago

January 17, 2021

अनिलको अर्धशतकमा आर्मीको मध्यम योगफल

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अनिल मण्डलको अर्धशतकको सहयोगमा आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता चौथो खेलमा कर्णाली प्रदेशलाई १ सय ९६ रनको मध्यम लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी ४३.१ ओभरमा १ सय ९५ रनमा अल आउट भयो । आर्मीका ओपनर अनिल मण्डलले १ सय १४ बलमा १४ चौका सहित सर्वाधिक ८९ रनको योगदान दिए । कप्तान विनोद भण्डारीले ५५ बलमा ३ चौका र १ छक्का सहित ४१ रनको योगदान दिए ।

तेस्रो ओभरको तेस्रो बलमा दीनेश अधिकारीले विकेटकिपर राजु रिजाललाई हेमन्त ओलीबाट शून्यमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । अनुज चुनराले युवा ब्याट्सम्यान रोहित कुमार पौडेललाई नवौं ओभरको तेस्रो बलमा विपिन रावलबाट ११ रनमा क्याच गराउँदै दोस्रो सफलता दिलाए । रोहितले १८ बलमा १ चौका प्रहार गरे । १३ औं ओभरको पहिलो बलमा हरि चौहानलाई राज शाहले ७ रनमा क्याच गराउएपछि आर्मी ४२–३ को अवस्थामा पुगेको थियो ।

खराब सुरुवात गरेको आर्मीलाई अनिल र विनोदले चौथो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गर्दै इनिङलाई उकासेका थिए । तर ३४ औं ओभरको पहिलो बलमा दिवान पुनले विनोदलाई एलबिडब्लू आउट गरेसँगै कर्णाली खेलमा फर्किको थियो । लोकेश ६ बलमा २ छक्का प्रहार गर्दै १३ रनमा क्याच आउट भए । भिम सार्की र साहब आमलले खाता खोल्न सकेनन् । राजेश पुलामी १६ र सुशन भारी ४ रनको योगदान दिए ।

कर्णालीका दिवान पुन, राज शाह र दिनेश अधिकारीले २–२ विकेट लिए । रविन्द्रजंग शाही, अनुज चुनरा र युनिस सिंहले १–१ विकेट लिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.