default_image

4 years ago

January 17, 2021

पुलिसको लज्जास्पद ब्याटिङ

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर तिलकराज भण्डारी र तीव्र गतिका बलर नन्दन यादवको उत्कृष्ट बलिङको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता तेस्रो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिस २९.३ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो । बागमतीको बलिङ सामु पुलिसका कुनैपनि ब्याट्सम्यानले क्रिजमा टिकेर जिम्मेवारी प्रर्दशन गर्न नसक्दा सस्तैमा अल आउट हुन पुगेको हो ।

पहिलो ओभरको तेस्रो बलमै सुनिल धमलाले एक रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर रामनरेश गिरीको बलमा एज लागेर गएको बल विकेटकिपर आकाश थापाले छोड्न पुगेका थिए ।

रामनरेशको सातौं ओभरमा तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा धमला मिस हुँदा १७ रनमा एलबिडब्लूको शिकार बन्न पुगे । धमलाले २२ बलमा ३ चौका प्रहार गरे । नवौं ओभरको तेस्रो बलमा रामनरेशले अमितलाई मिड अफमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराएका थिए । अमितले १० बलमा १ छक्का प्रहार गरे ।

तीव्र गतिका बलर नन्दन यादवले १५ औं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेललाई फस्ट स्लिपमा रहेका पारस खड्काबाट १७ रनमा क्याच गराएपछि पुलिस दबाबमा परेको थियो । ३९ बल खेलेका उनले २ चौका प्रहार गरे ।

१४.३ ओभरमा ६६–३ को अवस्थामा रहेको पुलिसलाई आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले ३४ रनको साझेदारी गर्दै सम्हाल्न खोजेका थिए । तर युवा लेगस्पिनर तिलकराज भण्डारीले आरिफलाई २१ रनमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काएपछि बागमतीले निरन्तर दबाब कायम गरेको थियो । आरिफले २५ बलमा ३ चौका प्रहार गरे ।

२३ औं ओभरमा नन्दनले दीपेन्द्रलाई आकाशबाट २१ रनमा क्याच आउट गराएपछि पुलिस १०२– ५ को कमजोर अवस्थामा पुगेको थियो । दीपेन्द्रले ३९ बलमा २ चौका प्रहार गरे । पुलिसका तल्लोक्रमका ब्याट्सम्यान पनि सम्हालिएर खेल्न सकेनन् ।

तिलकको २४ औं ओभरको दोस्रो बलमा अनिल कुमार शाह एज लागेर फस्ट स्लिपमा रहेका पारसबाट १ रनमा क्याच भएपछि पुलिस संकटमा परेको थियो । २५ औं ओभरको अन्तिम बलमा नन्दनले मन्जित श्रेष्ठलाई स्लिपमा पारसबाट ५ रनमा उत्कृष्ट क्याच आउट गराएपछि पुलिस १०७–७ को कमजोर अवस्थामा पुगेको थियो । नन्दनले राशिद खानलाई एक रनमा बोल्ड आउट गरे । दबाबमा तिलककै बलमा गलत सट खेल्दै पवन एक रनमा क्याच आउट भए ।

नन्दन यादवले ९ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ४ विकेट लिए । तिलकराज भण्डारीले ७.३ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ४ विकेट लिए । रामनरेश गिरीले ६ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.