4 years ago
January 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता तेस्रो खेलमा बागमतीले पुलिसविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । बागमतीले विपिन आचार्य, गौतम केसी र विभत्सु थापालाई बेन्चमा राखेको छ । पुलिसले दीलिप नाथ, योगेन्द्रसिंह कार्की र प्रेम तामाङलाई बेन्चमा राखेको छ । दुबै टोली पहिलो खेल खेल्दै छन् ।
पुलिसको प्लेइङ ११: मन्जित श्रेष्ठ (कप्तान) , कुशल भुर्तेल, अनिल शाह, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान र पवन सरार्फ
बागमतीको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, पृथु बास्कोटा, ईशान पान्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, अरियो पौडेल, तिलकराज भण्डारी र नन्दन यादव
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]