4 years ago
January 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
बागमती पहिलो खेलमा साविक विजेता पुलिसलाई स्तब्ध पार्न चाहान्छ । पुलिसको मञ्जित श्रेष्ठ र बागमतीको ज्ञानेन्द्र मल्लले कप्तानी गर्ने छन् । बागमतीका पारस खड्का, ज्ञानेन्द्र मल्ल र ईशान पान्डे प्रमुख ब्याट्सम्यान हुन् । यी तीन ब्याट्सम्यानको उच्च प्रर्दशन विना बागमतीलाई जित निकाल्न कठिन पर्ने देखिन्छ ।
पृथु बास्कोटा र आदिल खान पनि बागमतीमा हुँदा ब्याटिङ बलियो देखिन्छ । तीव्र गतिको बलिङमा दीपेश श्रेष्ठ, गौतम केसी र नन्दन यादव छन् । स्पिनरमा तिलकराज भण्डारी र अरियो पौडल रहँदा टोली सन्तुलन छ ।
यता पुलिसमा राष्ट्रिय खेलाडीको बाहुल्यता छ । पुलिसमा दीलिप नाथ, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, पवन सरार्फ, आरिफ शेख, सुनिल धमला र पवन सरार्फ जस्ता युवा ब्याट्सम्यान हुँदा बलियो छ । बलिङमा सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान लगायतक खेलाडी छन् । नेपाली क्रिकेट टोलीका खेलाडीले भोरिएको पुलिस बागमतीलाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहान्छ ।
मुलपानीमा कर्णालीले आर्मीको सामना गर्ने छ । आर्मीले पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । कप्तान विनोद भण्डारीले १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । कर्णालीविरुद्ध पनि विनोद घातक बन्न सक्छन् ।
पछिल्लो खेलमा पार्टटाइम बलर राजेश पुलामीले ५ विकेट लिएका थिए । लोकेश बम र राजु रिजाल पनि राम्रो लयमा छन् । आर्मीले आकाश चन्दको स्थानमा स्पिनर साहब आलमलाई मौका दिने सम्भावना छ ।
यता कर्णालीका प्रमुख हतियार कप्तान रविन्द्रजंग शाही हुन् । उनको प्रर्दशनमा कर्णाली निर्भर रहने छ । कागजी रुपमा कमजोर मानिएको कर्णालीले मैदानमा उत्कृष्ट प्रर्दशन गर्न चाहान्छ । त्यसैले कर्णालीका सम्पूर्ण खेलाडीलाई उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]