default_image

4 years ago

January 16, 2021

अभिनाश र वसन्तको घातक बलिङमा एपिएफको फराकिलो जित

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभिनाश बोहरा र स्पिनर वसन्त रेग्मीको उत्कृष्ट बलिङसँगै एपिएफले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको छ ।

शनिबार एपिएफले प्रदेश एकलाई १ सय ३५ रनको फराकिलो अन्तरले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ४४ रनको विजयी पछ्याएको प्रदेश एक ४२.४ ओभरमा १ सय ८ रनमा अल आउट भयो । प्रदेश एकका युवा अलराउन्डर दीपेश कंडेलले नौं नम्बरमा ब्याटिङ गर्दै १६ रनको योगदान दिए । दीपेशले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

एक समय १४.३ ओभरमा ५३–१ को अवस्थामा रहेको प्रदेश एकका ब्याट्सम्यान त्यसपछि अभिनाश र वसन्तको बलमा एकपछि अर्को गलत सट खेल्दै लगातार आउट भएपछि सस्तैमा समेटिन पुगेको हो । प्रदेश एकका ओपनर मिनाश थापाले ४४ बलमा २ चौका सहित सर्वाधिक १८ रनको योगदान दिए । दीपक पासवान १३, फिर्दोस अन्सारी १३, सिद्धान्त लोहनीले ९ रनको योगदान दिए ।

किशोर महतोको सातौं ओभरको चौथो बलमा फुलटस बल मिस हुँदा दीपक एलबिडब्लू आउट हुन पुगेका थिए । उनले २१ बलमा २ चौका प्रहार गरे । १५ औं ओभरमा वसन्त रेग्मीले मिनासलाई सुबास खकुरेलबाट क्याच आउट गराए । अभिनाश बोहराको २६ औं ओभरको पहिलो बलमा कप्तान सिद्धान्त लोहनी इनसाइड एज लागेर विकेटकिपर आशिफ शेखबाट क्याच आउट भएपछि प्रदेश एकको जितको सम्भावना टाढिएको थियो ।

त्यसअघि २४ औं ओभरको चौथो बलमा फस्ट स्लिपमा सुबास खकुरेलले क्याच ड्रप गर्दा सिद्धान्तले ५ रनमा जीवनदान पाएका थिए । जोशक खड्काले शरद भेषावकरलाई छक्का प्रहार गर्दै एक समय रनको योगफल कटाएका थिए । जोशक ३१ बलमा १ चौका र १ छक्का सहित १२ रनमा अविजित रहे ।

अभिनाश बोहराले १० ओभरमा ६ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । वसन्त रेग्मीले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । किशोर महतो र शरद भेषावकरले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपिएफ ४८.४ ओभरमा २ सय ४३ रनमा अल आउट भएको थियो । एपिएफका ओपनर आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए । आशिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ५९ रनमा जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सोनु मण्डललाई नवौं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै आशिफले २९ बलमा अर्ध शतक पूरा गरेका थिए ।

आशिफले नवौं ओभरको पहिलो बलमा मण्डललाई पहिलो नो बलमा छक्का त्यसपछि चौका, दोस्रो र तेस्रोमा छक्का प्रहार गर्दै सुरुवाती तीन बलमा २३ रन जोडेका थिए । पाँचौं बलमा पनि ठूलो सट खेल्ने धुनमा मिडअफमा फिर्दोस अन्सारीबाट समातिन पुगे ।

आशिफ र सुबासले पहिलो विकेटका लागि ८.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान सम्हालिएर खेल्न नसक्दा एपिएफ बलियो योगफलमा पुग्न सकेन । स्पिनर दीपेश कंडेलले १६ औं ओभरको पाँचौं बलमा ओपनर सुबासलाई मिडअनमा जोशक खड्काबाट १९ रनमा क्याच आउट गराउँदै दोस्रो सफलता दिलाएका थिए । सुबासले ४१ बल खेल्दा १ चौका प्रहार गरे ।

स्पिनर हेमन्त राईको २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका शरद डिप मिडविकेटमा सोनुबाट २० रनमा क्याच आउट भए । शरदले ३९ बल खेल्दा ३ चौका प्रहार गरेका थिए । लगत्तै २२ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका प्रदीप मिनास थापाबाट ७ रनमा आउट भएपछि एपिएफ समस्यामा परेको थियो ।

युवा ब्याट्सम्यान सुमित महर्जनलाई स्पिनर हेमन्त राईले १४ रनमा एलबिडब्लू आउट गरेपछि एपिएफ २४।५ ओभरमा १२६–५ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि वसन्त रेग्मी र सन्दीप जोराले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तीव्र गतिका बलर फिर्दोस अन्सारीले वसन्तलाई ४० रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए । वसन्तले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

सन्दीप जोराले ब्यक्तिगत ९ रनमा जीवनदान पाएका थिए । दीपेशको बलमा स्विप सट खेलेका जोरालाई फिर्दोस अन्सारीले ड्रप गर्न पुगेका थिए । सन्दीप जोराले ३९ बलमा ४ चौका सहित ३०, भुवन कार्की ७ र कमलसिंह ऐरीले ५ रनको योगदान दिए । तल्लोक्रममा कमलसिंह ऐरीले २३ बलमा २ चौका सहित १९ रन जोडे ।

स्पिनर हेमन्त राईले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर २ विकेट लिए । अर्का युवा स्पिनर दीपेश कंडेलले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर फिर्दोस अन्सारीले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर श्रवन यादवले ६ ओभरमा २६ रन खर्चिदै २ विकेट लिए । सोनु मन्डल र जोशक खड्काले १–१ विकेट लिए ।

एपिएफले आफ्नो दोस्रो खेलमा माघ ८ मा गण्डकीसँग मुलपानीमा खेल्ने छ । प्रदेश एकले सोमबार मुलपानीमै गण्डकीसँग प्रतिस्पर्धा गर्ने छ ।

March 19, 2025

लगातार ४ खेलमा ललितको ५ विकेट हल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

Success

Thank you for your time.