default_image

4 years ago

January 16, 2021

शतक बनाए १० हजार पुरस्कार

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश क्रिकेट संघले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा शतक बनाउने आफ्ना प्रदेशका खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

संघका सचिव दुर्गाराज पाठकका अनुसार शतक हान्ने प्रत्येक खेलाडीले संघको तर्फबाट १० हजार रुपैयाँ पाउने छन् । त्यस्तै अर्धशतक हान्ने खेलाडी र पाँच विकेट लिने खेलाडीले ५–५ हजार पाउने छन् । प्रत्येक खेलमा तीन विकेट लिने खेलाडीले तीन हजार रुपैयाँ पाउने छन् ।

संघले हरेक खेलाडीको प्रतियोगिता अवधीभर ५ लाख बराबरको विमा पनि गरेको जनाएको छ । बागमती खेलकुद विकास परिषद्ले खेलाडीलाई दैनिक खेलको जनही २ हजार भत्ता र पोशाक प्रदान गर्ने भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई बागमती प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालय बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य पदमा पाँच वर्षको लागि नियुक्त गरेको छ । बागमतीले शनिवार एक कार्यक्रमका बीच खेलाडीलाई विदाई गरेको थियो ।

बागमती समूह बी मा छ । पहिलो खेल बागमतीले माघ ४ मा पुलिससँग खेल्दै सुरुवात गर्ने छ । सुदूरपश्चिमसँग टियुमै माघ ५ खेल्ने छ । त्यसपछि बाँकी दुई खेल मुलपानीमा खेल्ने छ । मुलपानीमा माघ ९ मा प्रदेश २ र माघ ११ मा लुम्बिनीसँग खेल्नेछ ।

बागमतीको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा (उपकप्तान), पारस खड्का, ईशान पान्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, विभत्सु थापा, गौतम केसी, अरियो पौडेल, तिलकराज भण्डारी, बिपिन आचार्य र नन्दन यादव

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.