default_image

4 years ago

January 16, 2021

प्रदेश एकलाई एपिएफको मध्यम लक्ष्य

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो खेलमा एपिएफले प्रदेश एक लाई २ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपिएफ ४८.४ ओभरमा २ सय ४३ रनमा अल आउट भयो । एपिएफका ओपनर आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए । आशिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार ५९ रनमा जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सोनु मण्डललाई नवौं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै आशिफले २९ बलमा अर्ध शतक पूरा गरेका थिए ।

आशिफले नवौं ओभरको पहिलो बलमा मण्डललाई पहिलो नो बलमा छक्का त्यसपछि चौका, दोस्रो र तेस्रोमा छक्का प्रहार गर्दै सुरुवाती तीन बलमा २३ रन जोडेका थिए । पाँचौं बलमा पनि ठूलो सट खेल्ने धुनमा मिडअफमा फिर्दोस अन्सारीबाट समातिन पुगे ।

आशिफ र सुबासले पहिलो विकेटका लागि ८.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान सम्हालिएर खेल्न नसक्दा एपिएफ बलियो योगफलमा पुग्न सकेन । स्पिनर दीपेश कंडेलले १६ औं ओभरको पाँचौं बलमा ओपनर सुबासलाई मिडअनमा जोशक खड्काबाट १९ रनमा क्याच आउट गराउँदै दोस्रो सफलता दिलाएका थिए । सुबासले ४१ बल खेल्दा १ चौका प्रहार गरे ।

स्पिनर हेमन्त राईको २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका शरद डिप मिडविकेटमा सोनुबाट २० रनमा क्याच आउट भए । शरदले ३९ बल खेल्दा ३ चौका प्रहार गरेका थिए । लगत्तै २२ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका प्रदीप मिनास थापाबाट ७ रनमा आउट भएपछि एपिएफ समस्यामा परेको थियो ।

युवा ब्याट्सम्यान सुमित महर्जनलाई स्पिनर हेमन्त राईले १४ रनमा एलबिडब्लू आउट गरेपछि एपिएफ २४.५ ओभरमा १२६–५ को कमजोर अवस्थामा पुगेको थियो ।
छैटौं विकेटका लागि वसन्त रेग्मी र सन्दीप जोराले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तीव्र गतिका बलर फिर्दोस अन्सारीले वसन्तलाई ४० रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए । वसन्तले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

सन्दीप जोराले ब्यक्तिगत ९ रनमा जीवनदान पाएका थिए । दीपेशको बलमा स्विप सट खेलेका जोरालाई फिर्दोस अन्सारीले ड्रप गर्न पुगेका थिए । सन्दीप जोराले ३९ बलमा ४ चौका सहित ३०, भुवन कार्की ७ र कमलसिंह ऐरीले ५ रनको योगदान दिए । तल्लोक्रममा कमलसिंह ऐरीले २३ बलमा २ चौका सहित १९ रन जोडे ।

स्पिनर हेमन्त राईले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर २ विकेट लिए । अर्का युवा स्पिनर दीपेश कंडेलले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर फिर्दोस अन्सारीले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर श्रवन यादवले ६ ओभरमा २६ रन खर्चिदै २ विकेट लिए । सोनु मन्डल र जोशक खड्काले १–१ विकेट लिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.