4 years ago
January 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा विभागीय टोली एपिएफले प्रदेश एकविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर प्रदेश एक का कप्तान सिद्धान्त लोहनीले पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । एपिएफले आजको खेलमा अमर सिंह राउटेला, शंकर राना र रित गौतमलाई बेन्चमा राखेको छ । प्रदेश एकले विवेक मेहता, मनोज तामाङ र ज्ञानेन्द्र श्रेष्ठलाई बेन्चमा राखेको छ ।
एपिएफको टोली : शरद भेषावकर (कप्तान) , वसन्त रेग्मी, सुबास खकुरेल, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख र अभिनास बोहरा
प्रदेश एक को टोली : सिद्धान्त लोहनी (कप्तान), फिर्दोस अन्सारी, मिनाश थापा, दीपक पासवान, राजन मगर, सुभनकर यूराउ, दीपेश कंडेल, श्रवण यादव, सोनु मन्डल, जोशक खड्का र हेमन्त राई ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]