4 years ago
January 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो खेलमा गण्डकी प्रदेशविरुद्ध सानदार शतक प्रहार गरे ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो । विनोद ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । शतक प्रहार गरेका विनोदले खासै खुसी भने मनाएनन् । विनोदले खेलपछि को टिमसँग शतक हानेको छ त्यसमा भर पर्ने बताएका छन् । विनोदले पुष २२ मा २१ दिनको आइसोलेसन बसाईपछि कोरोनाई जितेका थिए ।
‘शतक हान्दा खुसी नै लाग्छ । अब अगाडिको खेल हेरौं । हामीले सोचेको फाइनल सम्म हो । हाम्रो टोलीका प्रमुख तीन खेलाडी (सोमपाल कामी, करण केसी र कुशल मल्ल) छैनन् । त्यसैले सबैलाई गाह्रो भइरहेको छ,’विनोदले खेलपछि भने, ‘म आफैं कोरोनाबाट निस्केको भर्खर ८–१० दिन भएको छ । म लिग म्याच नखेल्ने विचारमा थिएँ । तर तीन जना उनिहरु छैनन् । म पनि भएन भने गाह्रो हुन्छ भनेर जवरस्ती खेलेको हो । खेल्दा अहिले राम्रो त भएको छ । अगाडि के हुन्छ हेरौं ।’
विनोदले प्राय तल्लो मध्यक्रममा फिनिसरको भूमिकामा ब्याटिङ गर्नेगर्दछन् । गण्डकीविरुद्ध भने चौथो नम्बरमा ब्याटिङ गरेका थिए । ‘म खेल्न जादा टोली दबाबमा पनि थियो । शीर्षक्रमका ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गरेको थिएन । २०–२५ रन बनाएपनि लामो इनिङ कसैले पनि खेलेका थिएनन् । समय थियो । २२ ओभरमा गएको थियो । दबाब लिनुपर्ने थिएन । त्यसैले पछि खेल्न सजिलो भयो । खेलाडीले खेल अनुसार आफूलाई ढाल्नुपर्छ । मेरो माथिनै खेल्ने विचार थियो । आफूलाई समय दिनुपर्छ । हाम्रो टिमनै त्यहि अनुसारको छ । अहिले लोकेश आएकाले पनि पछाडि सोच्नुपर्ने छैन’, विनोदले भने ।
तीन खेलाडीको अनुपस्थितिबारे भने विनोदले टोलीको फाइदाको लागि नै केहि खेल नखेलाउने निर्णय लिएको बताए । ‘सोमपाल, करण र कुशलले अगाडिका तीन खेल खेल्न भ्याउथे तर खेलेनन् । अहिले हाम्रो प्रदेशसँग खेल छ । सुरुमा प्रदेशसँग तीन जना लिएर खेल्नी अनि विभागसँग हटाउँदा पछि खेल्न एकदमै गाह्रो हुन्छ, त्यसैले उनीहरुले सुरुवाती खेल पनि खेलेनन् । तीन खेलाडी नहुँदा जित्नै नसकिने भन्ने नभएको बताए । मिस हुन्छ । अरु खेलाडी जबरजस्ती खेलाएको हैन । सबैै खेलेको खेलाडी हो । त्यस्तो गाह्रो हुँदैन’, उनले भने ।
पिचको कारण नै स्पिनर साहब आलमलाई विश्राम दिँदै तीन तीव्र गतिका बलर खेलाएको भण्डारीले जनाएका छन् । उनले लामो समयपछि मैदान फर्केकाले पनि फिल्डिङ कमजोर भएको स्वीकारे । ‘११ महिनासम्म कसैले पनि फिल्डमा खेल्ने अवसर पाएको छैन । त्यहि भएर पनि फिल्डिङमा गाह्रो भएको हो । धेरैपछि ५० ओभरको खेल भएको हुँदा पनि सुरुमा गाह्रो भएको हो’, उनले प्रष्ट पारे ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]