4 years ago
January 15, 2021
एजेन्सी – कप्तान जो रुटको सानदार अविजित शतकमा श्रीलंकाविरुद्ध पहिलो टेष्ट खेलमा इंग्ल्यान्डले बलियो अग्रता लिएको छ ।
दोस्रो दिन ९४ ओभरमा ३२०–४ को अवस्थामा खेल सकिएको छ । समग्रमा इंग्ल्यान्डले १ सय ८५ रनको बलियो अग्रता लिएको छ । कप्तान जो रुट २ सय ५४ बलमा १२ चौका सहित १ सय ६८ रनमा अविजित रहँदै दोहोरो शतकतर्फ अघि बढेका छन् । तेस्रो दिन रुटलाई जस बटलरले ७ रनमा साथ दिनेछन् ।
दोस्रो दिन वर्षाको कारण अन्तिम सेसन भने खेल हुन सकेन । रुटले १ सय ६३ बलमा आफ्नो टेष्ट करिअरको १८ औं टेष्ट शतक पूरा गरेका थिए । रुटले टेष्टमा तीन दोहोरो शतक प्रहार गरि सकेका छन् ।
डेब्यू खेल खेलेका ड्यान लरेन्स १ सय ५० बलमा ६ चौका र १ छक्का सहित ७३ रनमा क्याच आउट भएका थिए । जोनी बेयरस्टो ४७, ज्याक क्रली ९ र डोम सिब्ले ४ रनमा आउट भए ।
श्रीलंका लासिथ एम्बुल्डेनियाले ३ विकेट लिएका छन् ।
त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ४६.१ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । कप्तान दीनेश चान्डिमलले २८, कुशल परेरा २०, एन्जिालो म्याथ्युज २७ र दसुन शनका २३ रनको योगदान दिए ।
इंग्ल्यान्डका स्पिनर डोम सिब्लेले १०.१ ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले ३ र ज्याक लेचको नाममा १ विकेट रह्यो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]