4 years ago
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई साताअघि मात्र प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको दाङको देउखुरी क्रिकेट मैदानमा लमही नगरपालिका आयोजनामा भुकम्प सुरक्षा दिवस मनाइएको छ ।
सिमित स्रोतका बाबजुद प्रधानमन्त्री कप बिना कुनै समस्या सम्पन्न गरेर चौतर्फी चर्चा पाइरहँदा दाङ लमही नगरपालिकाले मैदानमा नै शुक्रबार १३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाएको हो । प्रतियोगिताका लागि माटो राखेर सम्याइएको मैदानको ३० यार्ड बाहिरको क्षेत्रमा खम्बा गाड्नुको साथै कुर्सी राखेरै दिवस मनाइएको थियो । बाउन्ड्री नजिक केहि कमजोर रहेको आउटफिल्ड कार्यक्रमले थप खराब भएको छ ।
मैदानभित्र नै गाडी चलाउँदै अतिथि भित्र्याएर नगरपालिकाले सुरक्षा दिवस मनाएको थियो । यसले जिल्ला क्रिकेट संघले मैदानको स्तर बचाएर राख्ने प्रयास असफल भएको छ । यसैपनि प्रतियोगितामा ढिलो तयारी भएपछि केहि कमजोर भनिएको आउटफिल्डको भागमा नै कायर्क्रम संचालन भएपछि मैदानको स्तर थप खस्कने भएको हो ।
यसै मैदानमा पुस दोस्रो साता देखि देउखुरी क्रिकेट मैदानमा प्रधानमन्त्री राष्ट्रिय प्रतियोगिता भएको थियो । उक्त मैदानको आउटफिल्ड र स्तरलाई लिएर प्रश्न उठि रहेको बेला नगरपालिकालेनै स्तरलाई बढाउनुको सट्टा भुकम्प सुरक्षा दिवस मनाएको छ । अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने भन्दै लागि परेको नगरपालिकाले प्रधानमन्त्री कपबाट सिक्दै सुधार गर्नुको सट्टा झनै बिग्रिने काम गरेको छ ।
यता दाङ जिल्ला क्रिकेट संघले भने यस विषयमा आफूलाई सुरुमै थाहा नभएको कारण उक्त कार्यक्रम आयोजना हुन सकेको जनाएको छ । दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले कार्यक्रम आधा भएपछि मात्र आफूले थाहा पाएको हाम्रो खेलकुदलाई जानकारी दिए । उनले यस विषयमा संघको गम्भीर ध्यानार्कषण भएको जनाए ।
‘मलाई पहिला नै थाहा भएको भए गर्नै दिने थिइन । चार वर्षअघि दाङ क्रिकेट संघ र जिल्ला प्रशासनबीच मैदानमा क्रिकेटबाहेक अन्य कुनैपनि कार्यक्रम गर्न नपाईने सम्झौता भएको थियो’, मजगैयाले भने ।
देउखुरी क्रिकेट मैदानमा यस दिवस मनाइएको कुनै नौलो घटना भने होईन । राजनीतिक कार्यक्रम देखि मनोरञ्जनका कार्यक्रम भएपछि दाङले संघले प्रशासनसँगै क्रिकेट बाहेक अन्य कार्यक्रम गर्न नपाइने सम्झौता गरेको थियो । त्यसयता मैदानको व्यवस्थापन देउखुरी क्रिकेट क्लबले हेर्दै आएको छ ।
व्यवस्थापन हेर्दै आएको क्लबले थाहा पाएपनि लाचार बनेको बुझिएको छ । ‘यो गम्भीर कुरा हो । देश विदेशमा मैदानको नाम आई रहेको बेला यस्तो हुनु साह्रै दुःखको कुरा हो । नगरपालिकालाई पत्र काट्दै तत्काल सचेत बनाउने छौं’, प्रदीपले भने ।
गतवर्ष आठौं राष्ट्रिय प्रतियोगितामा महिला क्रिकेट यसै प्रतियोगितामा भएको थियो । यसै हप्ता लुम्बिनी प्रदेश छनोटका खेलहरु पनि लमही मैदानमा भएका थिए । क्षेत्रफलको हिसाबले नेपालको सर्वाधिक ठूलो मैदानको रुपमा समेत हेरिएको दउखुरी मैदानमा यस्तो कार्यक्रम हुनु नेपाली क्रिकेटका लागिनै लज्जास्पद र गम्भीर रुपमा सोच्नुपर्ने विषय हो ।
गत साता प्रतियोगिता आयोजनाका क्रममा राखेप अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले उक्त मैदानको खुलेर प्रशंसा गरेका थिए । उनले पिचको अवस्था, मैदानको संरचना र अभ्यास गर्ने बेग्लै ठाउँ भएकाले उक्त मैदानलाई नेपालको उत्कृष्ट मध्यको मैदानका रुपमा स्थापित गर्न सकिने बताएका थिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]