default_image

4 years ago

January 15, 2021

आर्मीको विजयी सुरुवात

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीको शतक र राजेश पुलामी मगरको पाँच विकेटको सहयोगमा आर्मीले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

शुक्रबार पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा विकेट गुमाउँदै १ सय ८९ रन बनायो । तल्लोक्रममा कप्तान बिपिन खत्रीले २५ बलमा २ चौका र ४ छक्का सहित ३७ रनमा अविजित रहे ।

गण्डकीका युवा ब्याट्सम्यान समिर कंडेलले ९० बलमा ५ चौका सहित सर्वाधिक ५० रनको योगदान दिए । युवा तीव्र गतिका बलर आकाश चन्दले चौथो ओभरको पहिलो बलमा ओपनर दीपेश खत्रीलाई १ रनमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो विकेटका लागि अर्जुन कुमाल र समिरले ५२ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । रोहित कुमार पौडेलले १७ औं ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाबाट ३६ रनमा क्याच गराउँदै साझेदारी तोडे । अर्जुनले ५४ बलमा ६ चौका प्रहार गरे ।

दीपक डुम्रे ४५ बलमा ४ चौका सहित २६ रनमा क्याच आउट भए । अविषेक थापा ९, विष्णु पान्डे १२, अमृत गुरुङले १, विशाल पौडेलले २ र सुबास भण्डारी शून्यमा क्याच आउट भए ।
लेग स्पिनर राजेश पुलामी मगरले ९ ओभरमा २ मेडन सहित २५ रन खर्चेर ५ विकेट लिए । अर्का पार्टटाइम स्पिनर भिम सार्कीले ७ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्द र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । कप्तान विनोद भण्डारीले ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । भण्डारीले ७३ बलमा ९ चौका र ४ छक्का सहित शतक पूरा गरेका थिए । अमृत गुरुङको ४९ औं ओभरको अन्तिम बलमा एक रन बटुल्दै विनोदले शतक पूरा गरेका थिए । भण्डारीको यो अन्तर्राष्ट्रिय र राष्ट्रिय दुबै प्रतियोगितामा पहिलो शतक हो ।

अन्तिम बलमा आउट भएका युवा ब्याट्सम्यान लोकेश बमले ३० बलमा ३ चौका र २ छक्का ४२ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि विनोद र लोकेशले १ सय ३ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । आर्मीलाई ओपनर हरिकृष्ण झा र राजु रिजालले १८।४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बाँकी १५ रन जोड्न प्रमुख दुई ब्याट्सम्यान गुमाएपछि गण्डकी खेलमा पूनरागमन गरेको थियो ।

कप्तान बिपिन खत्रीले दीपेश खत्रीबाट झालाई १४ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । २१ औं ओभरको चौथो बलमा बिपिनलेनै विकेटकिपर राजु रिजाललाई ४५ रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । राजुले ७१ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर विशाल पौडेलको २२ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल ठूलो सट खेल्नेक्रममा मिडअनमा चन्द्रकान्त पौडेलबाट १० रनमा क्याच आउट हुन पुगे ।

विशाललेनै २६ औं ओभरको पाँचौं बलमा भिम सार्कीलाई १५ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । छैटौं विकेटका लागि लोकेश र विनोदले रनको आक्रामक साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । विनोद र राजेश पुलामी मगरले पाँचौं विकेटका ७३ रनको साझेदारी गरेका थिए । राजेश ५२ बलमा ४ छक्का प्रहार गर्दै ३८ रनमा क्याच आउट भए । ४० औं ओभरको अन्तिम बलमा राजेशलाई दीपेशले समिर कंडेलबाट क्याच गराउँदै अर्धशतकीय साझेदारी तोडेका थिए ।

विशाल पौडेलले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । कप्तान बिपिन खत्रीले १० ओभरमा १ मेडन सहित ७५ रन खर्चेर २ विकेट लिए । दीपेश खत्री र चन्द्रकान्त पौडेलले १–१ विकेट लिए ।

गण्डकीले दोस्रो खेल माघ ५ मा प्रदेश १ सँग मुलपानीमा खेल्ने छ । आर्मीले माघ ४ मा कर्णालीसँग मुलपानीमा खेल्ने छ ।

March 19, 2025

लगातार ४ खेलमा ललितको ५ विकेट हल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

Success

Thank you for your time.