default_image

4 years ago

January 15, 2021

कप्तान विनोदको अर्धशतक

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका कप्तान विनोद भण्डारीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो खेलमा गण्डकीविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

विनोदले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै जारी प्रतियोगिता पहिलो अर्ध शतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ४० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको छ । विनोद ५३ रनमा खेलि रहेका छन् ।

आर्मीका कप्तान विनोद भण्डारी र राजेश पुलामी मगरले पाँचौं विकेटका ७३ रनको साझेदारी गर्दै बलियो योगफलतर्फ अघि बढाएका छन् राजेश ५२ बलमा ४ छक्का प्रहार गर्दै ३८ रनमा क्याच आउट भएका छन् । आर्मीलाई ओपनर हरिकृष्ण झा र राजु रिजालले १८.४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर बाँकी १५ रन जोड्न प्रमुख दुई ब्याट्सम्यान गुमाएपछि गण्डकी खेलमा पूनरागमन गरेको थियो ।

कप्तान विपिन खत्रीले दीपेश खत्रीबाट झालाई १४ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । २१ औं ओभरको चौथो बलमा बिपिनलेनै विकेटकिपर राजु रिजाललाई ४५ रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । राजुले ७१ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर विशाल पौडेलको २२ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल ठूलो सट खेल्नेक्रममा मिडअनमा चन्द्रकान्त पौडेलबाट १० रनमा क्याच आउट हुन पुगे । बिशाललेनै २६ औं ओभरको पाँचौं बलमा भिम सार्कीलाई १५ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । ४० औं ओभरको अन्तिम बलमा राजेशलाई दीपेशले समिर कंडेलबाट क्याच गराउँदै अर्धशतकीय साझेदारी तोडेका थिए ।

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

Success

Thank you for your time.