default_image

4 years ago

January 15, 2021

भारतविरुद्ध लाबुसेनको शतक

76 views

0 Bookmark

एजेन्सी – युवा ब्याट्सम्यान मार्नस लाबुसेनले भारतसँगको चौथो तथा अन्तिम टेष्ट खेलमा पहिलो इनिङमा शतक प्रहार गरेका छन् ।

लाबुसेनले १ सय ९५ बलमा ९ चौका सहयोगमा आफ्नो टेष्ट करिअरको पाँचौ शतक प्रहार गर्दै टोलीलाई बलियो योगफलतर्फ अघि बढाएका छन् । ६३ औैं ओभरको अन्तिम बलमा मोहम्मद सिराजको बलमा ४ रन जोड्दै लाबुसेनले शतक पूरा गरेका थिए ।

द गाब्बा ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो दिनको तेस्रो सेसन जारी रहँदा ४ विकेट गुमाउँदै २ सय रन बनाएको छ । मार्नस लाबुसेन १ सय १ रनमा खेल्दा उनलाई साथ क्यामरन ग्रिनले दिएका छन् ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर डेभिड वार्नरलाई मोहम्मद सिराजले रोहित शर्माबाट एक रनमा क्याच गराएका थिए । सार्दुल ठाकुरले नवौैं ओभरको पहिलो बलमा अर्का ओपनर मार्कस हरिसलाई वासिन्टन सुन्दरबाट ५ रनमा क्याच गराउँदै भारतलाई उत्कृष्ट सुरुवात दिलाए ।

तेस्रो विकेटका लागि स्टिभ स्मिथ र मार्नस लाबुसेनले ७० रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाएका थिए । ३५ औं ओभरको पहिलो पहिलो बलमा वासिन्टनले स्मिथलाई रोहितबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए । डेब्यू खेल खेलेका सुन्दरको टेष्ट करिअरको पहिलो विकेट हो । स्मिथले ७७ बलमा ५ चौका सहित ३६ रन जोडे ।

चौथो विकेटका लागि लाबुसेन र म्याथ्यु वेडले १ सय १३ रनको शतकीय साझेदारी गर्दै अष्ट्रेलियालाई बलियो योगफलतर्फ अघि बढाएका थिए । तीव्र गतिका बलर टि नटराजनले ६४ औं ओभरमा वेडलाई ४५ रनमा क्याच गराउँदै डेब्यू खेलमा आफ्नो पहिलो विकेट लिएका छन् । वेडले ८७ बलमा ६ चौका प्रहार गरे ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.