default_image

4 years ago

January 14, 2021

ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमतीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा युवा स्पिनर अरियो पौडेल र ब्याट्सम्यान विपिन आचार्यले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का पनि छन् । उपकप्तानको जिम्मेवारी पृथु बास्कोटालाई दिइएको छ ।

यसअघि गण्डकी प्रदेशबाट खेल्दै आएका तीव्र गतिका बलर दीपेश श्रेष्ठ र ब्याट्सम्यान आकाश थापाले बागमतीबाट खेल्ने छन् । यसपटक बागमतीमा तीव्र गतिका बलर प्रतिस जि.सी, युवा ब्याट्सम्यान अभिषेक बस्नेत र अलराउन्डर सोनु तामाङ लगायतका खेलाडी भने छैनन् । ओपनर रित गौतम र स्पिनर सूर्य तामाङ पनि बागमती छोडर एपिएफमा गइसकेका छन् ।

बागमतीले गत वर्ष सेमिफाइनल सम्म यात्रा गरेको थियो । सेमिफाइनलमा आर्मीसँग पराजित हुँदै बाहिरिएको थियो । बागमती समूह बी मा छ । पहिलो खेल बागमतीले माघ ४ मा पुलिससँग खेल्दै सुरुवात गर्ने छ । सुदूरपश्चिमसँग टियुमै माघ ५ खेल्ने छ । त्यसपछि बाँकी दुई खेल मुलपानीमा खेल्ने छ । मुलपानीमा माघ ९ मा प्रदेश २ र माघ ११ मा लुम्बिनीसँग खेल्ने छ ।

बागमतीको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, पृथु बास्कोटा, ईशान पान्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, विभत्सु थापा, गौतम केसी, अरियो पौडेल, तिलकराज भण्डारी, बिपिन आचार्य र नन्दन यादव

वैकल्पिक खेलाडी : रिजन ढकाल, सुबास खत्री, जितेन्द्र सिंह ठकुरी, पवन श्रेष्ठ,

प्रशिक्षक : रिकेश लामा

व्यवस्थापक : प्रेम क्षेत्री,

अफिसियल : जीवराज आचार्य

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.