4 years ago
January 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि आफ्नो १४ सदस्य टोली सार्वजनिक गरेको छ । नियमित कप्तान मन्जित श्रेष्ठको कप्तानीमा पुलिसले बलियो टोली घोषणा गरेको छ ।
गतवर्ष पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, पवन सरार्फ, ललित नारायण राजवंशी लगायतका वर्तमान नेपाली क्रिकेट टोलीबाट खेलि रहेका खेलाडीको बाहुल्यात छ । युवा खेलाडीको जोशले भरिएको पुलिस बलियो देखिएको छ ।
ललित भण्डारी नहुँदा भने तीव्र गतिको बलिङ युनिट थोरै कमजोर देखिन्छ । तर युवा बलर राशिद खानले ललितको अभाव महसुस हुन नदिने पुलिसले आशाबादी देखिन्छ । पुलिस समूह बी मा छ । पुलिसले माघ ४ मा बागमतीविरुद्ध टियुमा खेल्दै प्रतियोगिता सुरुवात गर्ने छ ।
माघ ७ मा टियुमै पुलिसले सुदूरपश्चिमसँग माघ ८ मा लुम्बिनीसँग खेल्ने छ । समूह चरणको अन्तिम खेल भने पुलिसले माघ १२ मा प्रदेश २ सँग मुलपानीमा खेल्ने छ । पुलिस र आर्मीले पहिलो संस्करणको फाइनलमा वर्षाको कारण संयुक्त रुपमा उपाधि बाँडेका थिए ।
दोस्रो संस्करणमा पुलिस सेमिफाइनलमा एपिएफसँग ९ रनले डकवर्थ लेविस पद्धतीको आधारमा पराजित हुँदै बाहिरिएको थियो ।
पुलिसको टोली : मन्जित श्रेष्ठ (कप्तान), दीलिप नाथ (विकेटकिपर), कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान, प्रेम तामाङ, पवन सरार्फ र योगेन्द्र कार्की
प्रशिक्षक – मनोज कटवाल
व्यवस्थापक – चित्र बहादुर विष्ट
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ। मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङमा जारी चार राष्ट्र सम्मिलित टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाललाई कुवेतले १ सय ७५ रनको चुनौती दिएको छ। नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो। ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको […]