4 years ago
January 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । विभागीय टोलीले आन्तरिक अभ्यास गर्दा प्रादेशिक छनोट गर्दै टोली निर्माण गरेका छन् ।
जिल्ला, प्रदेश छनोट गदै टोली निर्माण गरेको हुँदा यस पटक प्रादेशिक टोली युवा खेलाडीको बाहुल्यता छ । सिनियर र युवा खेलाडीले मिश्रणले प्रतियोगितामा प्रदेश टोलीलो राम्रो चुनौती प्रस्तुत गर्ने अनुमान गरिएको छ । नेपाली खेलकुदमा विभागीय टोलीलाई हराउने प्रदेशका कमै टोली भेटिन्छन् ।
यदि कुनै प्रदेशको टोली राम्रो देखियो भने अर्को प्रतियोगितासम्म त्यस टोलीका केहि सदस्य विभागमा अनुबन्ध भइसक्छन् । राष्ट्रिय खेलाडीको बाहुल्यता, नियमित अभ्यास, राम्रो सेवा सुविधा लगायतका थुप्रै कारण विभागीय टोली अब्बल देखिन्छन् । पिएमकपका तीन संस्करण सकिँदा फाइनलसम्म प्रदेशका टोलीले स्थान बनाउन सकेका छैनन् ।
यसपटक प्रदेश टोली पनि विभागीय टोलीको दबदबा अन्त्य गर्न चाहान्छन् । पिएमकप खेल्ने ७ प्रदेशका ७ स्टार खेलाडी यस प्रकार छन् ।
१. सिद्धान्त लोहनी (अलराउन्डर)
प्रदेश १ का कप्तान सिद्धान्त लोहनी नेपाली क्रिकेटमा चर्चित नाम हुन् । आक्रामक ब्याटिङको क्षमता राख्ने सिद्धान्तले सन् २०१५ मा आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा जर्सिविरुद्ध प्रहार गरेको हेरिकप्टर सर्ट उनको परिचय दिन पर्याप्त रहन्छ । त्यसपछि भने सिद्धान्त टोलीमा छैनन् ।
पछिल्लो समय सिद्धान्तले बन्द प्रशिक्षणमा पनि स्थान बनाउन सकेका छैनन् । राष्ट्रिय टोलीमा पूनरागमन गर्नपनि सिद्धान्तलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक पर्दछ । सिद्धान्तमाथि प्रदेश १ ले धेरै विश्वास र आशा राखेको छ । आफ्नो लय समायको खण्डमा उनलाई विपक्ष्य बलरलाई रोक्न कठिन पर्ने गर्दछ ।
सिद्धान्त ब्याटिङमात्र होईन बलिङमार्फत पनि टोलीलाई जितको आधार तय गर्न सक्छन् । सिद्धान्तले उत्कृष्ट प्रर्दशन गर्दा टोलीका अन्य खेलाडीलाई खेल्न पनि सहज हुने गर्दछ । एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता राख्ने सिद्धान्तबाट समर्थक र सुभचिन्तक पनि उत्कृष्ट पूनरागमन चाहन्छन् ।
२. कुमार थापा (स्पिनर)
लेगस्पिनर कुमार थापा प्रदेश २ का प्रमुख खेलाडी हुन् । अग्ला कदका कुमार लेग स्पिनको जादुमा विपक्ष्यलाई सस्तैमा रोक्ने क्षमता राख्छन् । उनको लेगस्पिनरको सामना गर्न विपक्ष्य जो सुकै ब्याट्सम्यानलाई धौं धौं पर्ने गर्दछ ।
कुमारले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रर्दशन समेत गर्दै आएका छन् । गतवर्ष पिएमकपमा कुमारले ३ खेलमा ११ विकेट लिएका थिए । जसक्रममा उनले प्रदेश १ विरुद्ध एक्लै ७ विकेट लिँदै सहज जित दिलाएका थिए । मनोमहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा पुलिसलाई १ सय ८३ रनमा अल आउट गर्न कुमारले १० ओभरमा ३ मेडन सहित ३२ रन खर्चेर ५ विकेट लिएका थिए ।
यसै साता सम्पन्न प्रदेश २ छनोटमा बाराबाट प्रतिनिधित्व गरेका कुमारले उत्कृष्ट लयलाई निरन्तरता दिनेक्रममा रौतहटविरुद्ध ६ विकेट लिएका थिए । कुमार एक्लै आफ्नो स्पिनको जादुमा खेल जिताउन सक्ने प्रदेश २ का प्रमुख हतियार हुन् । उनको लेगस्पिनको उत्कृष्ट जादुविना प्रदेश २ लाई जित निकाल्न कठिन पर्ने देखिन्छ ।
३. ईशान पान्डे (ब्याट्सम्यान)
युवा ब्याट्सम्यान ईशान पान्डे बागमतीका प्रमुख खेलाडी मध्यका एक हुन् । यसै हप्ता सम्पन्न बागमती प्रदेश छनोटमा ईशान सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । ईशानले गतवर्ष जिम्बावेविरुद्ध टि२० आईमा नेपालका लागि डेब्यू गरेका थिए ।
एक वर्षदेखि नेपाली टोली बाहिर रहेका ईशान पिएम कपमा सर्वोत्कृष्ट प्रर्दशन गर्दै पूनरागमन गर्न चाहन्छन् । गतवर्ष पिएमकप सेमिफाइनलमा इशानले आर्मीविरुद्ध ७९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । गत वर्ष पिएम कपमा ५ खेलमा १ सय ८० रन बनाएका थिए ।
४. अर्जुन कुमाल (ब्याट्सम्यान)
गण्डकी प्रदेशको लागि १४ वर्षिय ब्याट्सम्यान अर्जुन कुमालले राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दैछन् । उमेरले कलिलो भएपनि उनले छोटो समयमै नेपाली घरेलु क्रिकेटमा आफ्नो छाप छोडि सकेका छन् । गण्डकी छनोटमा प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान चुनिएका उनी प्रमुख खेलाडी हुन् ।
जिम्मेवारीका साथ ब्याटिङ गर्ने उनले हतपत आफ्नो विकेट गुमाउँदैनन् । बाउन्ड्रीसँगै उनले डबल सिंगल रनमा जोड दिँदै विपक्षी बलरलाई दबाबमा राख्ने गर्दछन् । अर्जुनको प्रर्दशन गण्डकीका लागि निकै महत्वपूर्ण हुने छ । उमेरले भर्खरका भएपनि मैदानमो परिपक्क खेलाडीले जस्तै लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पिएमकपमा पनि त्यस्तै प्रर्दशनको आशा गरिएको छ ।
५. विक्रम भुषाल (स्पिनर)
लेगस्पिनर विक्रम भुषालले नेपाली घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनले लुम्बिनी प्रदेश छनोटमा रुपन्देहीबाट उत्कृष्ट प्रर्दशन समेत गरेका छन् । टियु र मुलपानी स्पिनर सहयोगी हुँदा पनि उनलाई थप सहज हुने छ । गतवर्ष एमएमकपमा उनले प्रदेश १ विरुद्ध पाँच विकेट लिएका थिए । नेपाली फ्रेन्चाइज लिगमा पनि उनले निरन्तर राम्रो प्रर्दशन गर्दै आएका छन् ।
६. रविन्द्रजंग शाही (ब्याट्सम्यान)
युवा ब्याट्सम्यान रविन्द्रजंग शाही कर्णालीका प्रमुख खम्बा हुन् । उनको उत्कृष्ट प्रर्दशन विना कर्णालीलाई जित निकाल्न सहज हुने छैन । नेपालका लागि यू१९ टोलीबाट खेलि सकेका रविन्द्रले शीर्षक्रममा ब्याटिङ गर्ने गर्दछन् ।
कर्णाली कागजी रुपमा पनि कमजोर टोली हो । तर कप्तान रविन्द्र भने आफ्नो उत्कृष्ट प्रर्दशनको सहयोगमा सबैलाई गलत सावित गर्न चाहन्छन् । ब्याटिङमात्र होईन बलिङमा पनि उनको भूमिका महत्वपूर्ण हुने छ ।
७. खडक बहादुर बोहरा (ब्याट्सम्यान)
खडक बहादुर बोहरा सुदूरपश्चिमको उपकप्तान समेत हुन् । यू१९ टोलीका प्रमुख सदस्य समेत रहेका खडक सुदूरपश्चिमका शीर्षक्रमका प्रमुख ब्याट्सम्यान तथा विकेटकिपर हुन् । गतवर्ष पिएमकपमा खडकले ४ खेलमा १ सय २१ रन बनाउँदै उदयमान खेलाडी घोषित भएका थिए । जसक्रममा उनले लुम्बिनी प्रदेशविरुद्ध ६२ रनको अर्धशतकीय इनिङ पनि खेलेका थिए ।
गतवर्ष मलेसियामा भएको एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध ९० रनको इनिङ खेलेका थिए । युवा ब्याट्सम्यान खड्कको प्रर्दशन सुदूरपश्चिमलाई निकै महत्वपूर्ण हुने छ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]