4 years ago
January 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीको कप्तानीमा आर्मीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।
आर्मीको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्ल छैनन् । संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने टि टेन लिगको कारण उक्त प्रमुख तीन खेलाडी नखेल्ने भएको आर्मीले जनाएको छ ।
जनवरी २८ देखि फेब्रुअरी २८ सम्म चल्ने टि १० मा सोमपाल मराठा अरेवियन्स, कुशल टिम आबूधाबी र करण पुणे डेभिल्सबाट खेल्दैछन् । सुदूरपश्चिमबाट नियमित घरेलु क्रिकेट खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका युवा ब्याट्सम्यान लोकेश बम र तीव्र गतिका बलर आकाश चन्द आर्मीबाट खेल्ने भएका छन् । स्पिनरमा सुशन भारी र साहब आलम तथा तीव्र गतिका बलरमा जितेन्द्र मुखिया, विक्रम सोब र आकश चन्द छन् ।
आर्मी समूह ए मा छ । आर्मीले उद्धघाटन खेलमा माघ २ मा गण्डकी प्रदेशसँग टियूमा खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । मुलपानीमा कर्णालीसँग माघ ४ मा खेल्ने छ । माघ ७ मै मुलपानीमै प्रदेश १ सँग खेल्ने छ । माघ १२ मा एपिएफसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
आर्मी पछिल्ला दुई संस्करणमा उप विजेतामा सीमित भएको छ । गत वर्ष आर्मी फाइनलमा पुलिससँग ४ विकेटले पराजित हुँदै उपविजेता बनेको थियो । दोस्रो संस्करणमा आर्मी फाइनलमा एपिएफसँग ६ विकेटले पराजित भएको थियो । पहिलो संस्करणको फाइनल वर्षाको कारणले प्रभावित हुँदा आर्मी र पुलिसले संयुक्त रुपमा उपाधि बाँडेका थिए ।
आर्मीको टोली : विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अनिल मण्डल, राजु रिजाल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, हरि चौहान, विक्रम सोब, आकाश चन्द, सुशन भारी, साहब आलम, हरिकृष्ण झा, लोकेश बम र जितेन्द्र मुखिया
प्रशिक्षक : चन्द्र साउद
व्यवस्थापक : राजिव चन्द
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]