4 years ago
January 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ ले युवा आक्रामक ब्याट्सम्यान सिद्धान्त लोहनीको कप्तानीमा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि आफ्नो १४ सदस्यीय टोली घोषणा गरेको छ ।
चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट माघ २ देखि १७ सम्म मुलपानी र टीयू क्रिकेट मैदानमा हुँदै छ । प्रदेश १ समूह ए मा छ । प्रदेश १ सँगै, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, गण्डकी र कर्णाली छन् । समूह बी मा नेपाल पुलिस, सुदूरपश्चिम, लुम्बिनी, बागमती र प्रदेश नम्बर २ छन् ।
प्रदेश १ ले एपिएफसँग माघ ३ मा खेल्दै सुरुवात गर्ने छ । माघ पाँचमा प्रदेश १ ले मुलपानीमा गण्डकीसँग खेल्ने छ । मुलपानीमै माघ ७ मा आर्मी, माघ ९ मा कर्णालीसँग टीयूमा खेल्ने छ ।
प्रदेश १ को टोली : सिद्धान्त लोहनी (कप्तान), फ्रिदोस अन्सारी, मिनाश थापा, दीपक पासवान, राजन मगर, सुभनकर यूराउ, दीपेश कंडेल, श्रवण यादव, सोनु मन्डल, जोशक खड्का, विवेक मेहता, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ र हेमन्त राई ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]