default_image

4 years ago

January 13, 2021

नेपालले सन् २०२१ मा खेल्ने क्रिकेट सिरिज

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली कोरोना संक्रमणका कारण खेलकुद गतिविधि ठप्प हुँदा सन् २०२० मा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सीमित रह्यो ।

नेपालले २०२० मा फेबु्रअरीमा घरेलु मैदानमा अमेरिका र ओमानसँग आइसीसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसिय त्रिकोणात्मक सिरिज र मार्चमा एसीसी इस्टर्न रिजन टि२० क्रिकेट थाईल्यान्डमा खेलेको थियो । त्यसपछि कोरोना महामारीले क्रिकेट शून्यनै बन्यो ।

सिनियर महिला र उमेर समूहले २०२० मा कुनैपनि प्रतियोगिता खेल्न पाएनन् । २०२१ मा नेपालको सिनियर पुरुष, महिला र उमेर समूहमा टोली ब्यस्त तालिका छ । टि२० विश्वकप वर्षमा नेपाल भने एक दिवसियमा केन्द्रित रहने छ । सिनियर महिला र यू१९ टोली विश्वकपमा छनोट खेल्ने छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छैन । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पनि आफ्नो २०२१ को क्यालेन्डर हालसम्म सार्वजनिक गरेको छैन । तर समग्रमा नेपालको सिनियर पुरुष, महिला, यू१९ र यू१६ टोलीले सन् २०२१ मा खेल्न सक्ने प्रतियोगिताहरु यस प्रकार छन् ।

आइसिसी विश्वकप लिग–२

मार्च : नेपालले मार्चमा विश्वकप लिग–२ अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेल्ने छ । मार्च १९ देखि २८ सम्म नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुने छ । नेपालले तयारी थालि सकेको छ ।

जुलाई : जुलाईमा नेपालले स्कटल्यान्ड भ्रमण गर्ने छ । स्कटल्यान्ड, नेपाल र नामिबियाबीच हुने त्रिकोणात्मक सिरिजको मिति तय हुन बाँकी छ । आइसीसी विश्वकप लिग–२ मा नेपालले खेल्ने यी दुई त्रिकोणात्मक सिरिज हुन् । सन् २०२२ मा नेपालले यूएई र पपुवा न्युगिनीसँगै फेब्रुअरीमा घरेलु मैदान टीयूमा खेल्दै सुरुवात गर्ने छ ।

एसीसी इमर्जिङ टिम्स एसिया कप

नेपालले सन् २०२१ मा एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने सम्भावना छ । एसीसी इमर्जिङ टिम्स एसिया कप हरेक वर्ष हुने गर्दछ । सन् २०२० मा डिसेम्बरमा बंगलादेशमा हुने भनिए पनि कोरोना महामारीको कारण स्थगित भएको थियो । ५० ओभरको हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र थप तीन एसोसियट टोलीबीच प्रतिस्पर्धा हुने छ । मिति र स्थान तय हुन बाँकी छ ।

टि२० एसिया कप २०२१ अनिश्चित

सन् २०२१ मा टि २० एसिया कप पनि हुने छ । तर नेपाल सन् २०२० मा मार्चमा थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । सन् २०२० मा अष्ट्रेलियामा हुने भनिएको टि२० विश्वकप कोरोना महामारीको कारण सन् २०२२ सम्मलाई सरेको छ ।

सन् २०२१ अक्टोबर नोभेम्बरमा मा भारतमा टि२० विश्वकप हँुँदै छ । एसिया कपलाई टि२० विश्वकप तयारीको रुपमा लिने गरिन्छ । त्यसैले विश्वकप अघि एसिया कप हुने छ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र एसिया छनोट भएर आउने टोली एसिया कप खेल्न पाउने छन् ।

सन् २०२० मा एसिया छनोट हुन सकेन । इस्टर्न र वेस्टर्न छनोटमात्र भएको थियो । सुरुवाती छनोटलाई आधार मानेको खण्डमा नेपालको झिनो आाशा रहने छैन । एसीसीले नयाँ छनोट प्रकिया लिएमा भने नेपालले एसीसी इस्टर्न रिजन हुँदै एसिया छनोटको उपाधि जित्नुपर्ने हुन्छ ।

यतिकै २०२१ मा नेपाली पुरुष क्रिकेट सिमित रहला ?

यी नेपालका प्रमुख खेल हुन् । यी बाहेक पनि नेपालले अन्य प्रतियोगिता, खेल र सिरिज खेल्न सक्छ । क्यान र एसीसीको वार्षिक क्यालेन्डर सार्वजनिक पछि निश्चित हुने छ । क्यानले अन्य देशका क्रिकेट बोर्डसँग छलफल गरि आपसी समझदारीमा दुईपक्ष र त्रिकोणात्मक होम अबे टि२०, ओडिआई, प्रथम श्रेणी सिरिज खेल्न सक्छ । त्यसको लागि क्यानले विशेष पहल गर्नुपर्छ । आइसीसी र एसीसीको मुख ताकेको खण्डमा भने सीमित खेलमा चित्त बुझाउनु पर्ने हुन्छ ।

सिनियर महिला टोली

विश्वकपको एसिया छनोट :

नेपालको सिनियर महिला टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० महिला विश्वकपको लागि यस वर्ष एसिया छनोट खेल्ने छ । एसिया छनोट मलेसियामा सेप्टेम्बर २० देखि २६ सम्म चल्ने छ । प्रतियोगितामा नेपाल, मलेसिया, भुटान, चीन, कुवेत, हङकङ, म्यानमार र यूएईबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता विजेताले सन् २०२२ मा विश्वकप छनोट खेल्न पाउने छ ।

वुमन्स एसिया कप छनोट :

२०२० मा स्थगित भएको वुमन्स एसिया कप छनोट यस वर्ष हुने छ । नेपाल सहित आठ टोलीबीच हुने यस प्रतियोगितामा फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउने छन् । एसिया कपमा छनोट भएर आउने दुई टोलीसँगै भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ । दुबै प्रतियोगिता मिति भने हालसम्म तय भएको छैन ।

पुरुष यू१९ टोली

आइसीसी विश्वकप एसिया छनोट :

नेपाली यू१९ पुरुष टोलीले २०२२ मा वेस्टइन्डिजमा हुने एक दिवसिय विश्वकपको लागि यूएईमा छनोट खेल्ने छ । एसिया छनोटमा नेपाल सहित मलेसिया, कुवेत, यूएई र एसिया डिभिजन–२ बाट छनोटबाट आउने दुई टोली हुने छन् । प्रतियोगिता विजेता टोली विश्वकपमा पुग्ने छ । नेपाल प्रबल दाबेदार टोली हो ।

यू१९ एसिया कप :

सन् २०२० मा नोभेम्बरमा यूएईमा हुने तय भएको एसिया कप स्थगित भएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, कुवेत, नेपाल र यूएई थिए । हालसम्म यू१९ एसिया कपको पनि मिति तय हुन सकेको छैन । एसिया कप हरेक वर्ष हुँदै आएको छ ।

महिला यू१९ इलिट कप :

सन् २०२१ मा यू१९ महिला इलिट कप मलेसियामा हुँदै छ । खेलाडीले पनि ब्यक्तिगत तयारी थालि सकेका छन् । क्यानले यू१९ छनोट तयारी थाल्न लागेको छ ।

पुरुष यू१६ :

एसीसी इस्टर्न रिजन :

एसीसी यू१६ इस्टर्न रिजन प्रतियोगिता यो वर्ष हुने सम्भावना छ । नेपालले सन् २०१९ को उपाधि जितेको थियो । थाईल्यान्डमा भएको उक्त प्रतियोगिता फाइनलमा मलेसियालाई ५९ रनले हराउँदै नेपालले उपाधि जितेको थियो । इस्टर्न रिजन दुई वर्षको अन्तरालमा हुँदै आएको छ ।

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

March 19, 2025

सुदूरपश्चिमविरुद्ध लुम्बिनी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]

March 19, 2025

भीम शतकबाट चुक्दा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]

Success

Thank you for your time.