4 years ago
January 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद विकाशमा विभागयी टोलीको योगदान महत्वपूर्ण छ । विभागीय टोली नभएको भए सायद नेपाली खेलकुद यो स्तरमा हुँदैन थियो होला ।
नेपाली घरेलु प्रतियोगिता उपाधिमा विभागीय टोलीको दबदबा छ । विभागीय टोलीले अन्तर्राष्ट्रिय स्तरमा मात्र होईन घरेलु खेलकुदमा राम्रो प्रर्दशन गर्ने प्रदेश वा जिल्लाका खेलाडीलाई टोलीमा अनुबन्ध गर्ने गर्दछन् । भविष्यलाई सुरक्षित राख्नकालागि खेलाडीले पहिलो रोजाईमा विभागीय टोली छनोट गर्दछन् ।
विभागीय टोलीले राम्रो प्रर्दशन गर्ने खेलाडी अनुबन्ध गर्ने हुँदा प्रदेशका टोली कमजोर पनि देखिदै आएका छन् । यसपटक राम्रो प्रर्दशन गर्ने प्रदेशका खेलाडीलाई अर्को प्रतियोगिता सम्म विभागीय टोलीले अनुबन्ध गरिसकेका हुन्छन् ।
प्रधानमन्त्री राष्ट्रिय पुरुष एक दिवसिय क्रिकेट प्रतियोगिता माघ २ देखि १७ गतेसम्म टीयू र मुलपानी क्रिकेट मैदानमा हुँदैछ । ७ प्रदेश र तीन विभागीय टोलीबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टोली उपाधिका प्रमुख दाबेदार टोली हुन् । तीनै विभागीय टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता छ ।
यस पटक तीन मध्य दुई विभागीय टोलीले प्रदेश, घरेलु र उमेर समूहमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनुबन्ध गरि सकेका छन् । विभागीय टोलीबाट पहिलो पटक खेल्न लागेका प्रदेशका पाँच युवा स्टार र उनीहरुको बारे जानकारी ।
लोकेश बम (आर्मी)
युवा ब्याट्सम्यान लोकेशले बम पछिल्लो समय नेपाली घरेलु र उमेर समूहमा राम्रो प्रभाव छोडेका छन् । आक्रामक ब्याटिङको क्षमता राख्ने लोकेशले यस अघिका प्रतियोगिता सुदूरपश्चिमबाट खेलेपनि यस पटक त्रिभुवन आर्मीबाट खेल्दै छन् ।
ओपनर र फिनिसर दुबैमा ब्याटिङ गर्ने गर्दछन् । विकेटकिपर समेत रहेका लोकेशले आर्मीमा फिनिसरको रुपमा खेल्ने सम्भावना छ । लोकेशले गत सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर टाइटन्सबाट चितवन राइनोजविरुद्ध ३६ बलमा ६२ रन जोड्दै सबैको मन जितेका थिए ।
पिपिएलमा लोकेश मोष्ट भ्यालुबल खेलाडी चुनिएका थिए । लोकेशले माघमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । लोकेश आर्मीमा स्थायी रुपमा जोडिन लागेका हुन् ।
रित गौतम (एपिएफ)
नेपाली क्रिकेटमा ठूलो सम्भावना देखाएका यू१९ का कप्तान रित गौतम एपिएफमा जोडिएका छन् । यसअघि बागमती प्रदेशबाट नियमित घरेलु क्रिकेट खेल्ने ओपनर रितले यस पटक एपिएफबाट खेल्दै छन् । रित उमेर समूहमा कीर्तिमानी प्रर्दशन गर्ने ब्याट्सम्यान हुन् ।
रित नेपालबाट यू१६ र यू१९ अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । उमेर समूहमा रितले निरन्तर राम्रो प्रर्दशन गर्दै आएका छन् । रित ५० ओभरका विशेष खेलाडीका रुपमा छवी बनाएका छन् । रित नेपाली क्रिकेटमा ओपनरको रुपमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । लगातार अस्थिर बन्दै गएको नेपालको ओपनिङ समस्यामा समधान बन्न सक्ने आशा बोकेका युवा खेलाडी हुन् ।
सिनियर टोलीमा डेब्यूको पर्खाईमा रहेका रितलाई पिएमकपको प्रर्दशन अझ महत्त्वपूर्ण हुनेछ । एपिएफमा रितले सुवास खकुरेलका साथ ओपनिङ गर्ने सम्भावना छ । स्थायी रुपमा एपिएफमा जोडिन लागेका उनको प्रर्दशनमा अझै निखार आउने अनुमान समेत गरिएको छ ।
किशोर महतो (एपिएफ)
तीब्र गतिका बलर किशोर महतो पनि विभागीय टोली एपिएफबाट खेल्न लागेका छन् । यस अघिका घरेलु क्रिकेटमा भने किशोरले गण्डकी प्रदेशबाट खेल्दै आएका थिए । गत चैतमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा किशोर राष्ट्रिय टोलीमा परेका थिए तर डेब्यू गर्न पाएनन् ।
उमेर समूहदेखि घरेलु प्रतियोगिता सम्म निरन्तर राम्रो प्रर्दशन गर्दै आएका किशोर बलिङ अलराउन्डरमा ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । गत पिपिएलमा विराटनगरलाई फाइनलमा पुर्याउन महत्त्वपूर्ण योगदान दिनेक्रममा किशोरले ७ खेलमा १० विकेट लिएका थिए ।
रितले गत जेठमा सम्पन्न तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट ४ खेलमा ८ विकेट लिएका थिए । तीव्र गतिमा बलिङ गर्ने उनले तल्लोक्रममा ठूला सटको क्षमता राख्छन् ।
आकाश चन्द (आर्मी)
युवा अलराउन्डर आकाश चन्दले यस पटक आर्मीबाट खेल्दै छन् । सुदूरपश्चिमबाट हुर्केका आकाशले तीव्र गतिमा बलिङ गर्नुको साथै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । यू१९ का प्रमुख खेलाडी चन्दले सुदूरपश्चिम प्रदेशबाट गतवर्षको प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय प्रतियोगितामा अलराउन्डर प्रर्दशन गरेका थिए ।
गतवर्ष गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदा चन्दले ३४ बलमा समान २ चौका र छक्का सहित तल्लोक्रममा अविजित २९ रन जोडेका थिए । गत माघमा मनमोहन मेमोरियल एक दिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबविरुद्ध चन्दले ३ विकेट लिनुको साथै २ चौका र १ छक्का सहित २३ रनमा अविजित रहेका थिए । गतवर्ष नेपाली यु१९ क्रिकेट टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसिय खेल खेलेको थियो । उक्त खेलमा पनि आकशले अलराउन्ड प्रर्दशन गरेका थिए ।
जितका लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको नेपाली यु१९ टोलीले ९ विकेटको क्षतिमा २ सय ९६ रन बनाउँदै सबैको मन जित्न सफल भएको थियो । उक्त खेलमा चन्दले १ विकेट लिनुको साथै तल्लोक्रममा ३० रनको योगदान दिएका थिए ।
सूर्य तामाङ (एपिएफ)
नेपाली फ्र्रेन्चाइज लिगमा राम्रो प्रभाव छोडेका सूर्य तामाङ यस पटक एपिएफबाट खेल्दैछन् । बागमती प्रदेशबाट खेल्ने सूर्यले उमेर समूह र घरेलु क्रिकेटमा राम्रो प्रभाव छोड्दै आएका छन् । सूर्य पनि एपिएफमा स्थायी रुपमा अनुबन्ध हुँदैछन् ।
गत वर्ष पिएमकपमा उनले बागमतीबाट ४ खेलमा ११ विकेट लिँदै उत्कृष्ट प्रर्दशन गरेका थिए । फ्रेन्चाइज लिग र उमेर समूहमा पनि सूर्यको प्रर्दशन अब्बल रहँदै आएको छन् । वसन्त रेग्मी र भुवन कार्की जस्ता अनुवभी स्पिनर रहेका एपिएफमा सूर्यलाई उत्कृष्ट प्रर्दशन गर्न दबाब पनि रहने छ ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]