4 years ago
January 12, 2021
एजेन्सी– विग ब्यास लिग २०२०/२१ अन्तर्गत ३७ औं खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स पर्थ स्कोचर्ससँग ९ विकेटले पराजित भएको छ ।
जितका लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको पर्थले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पर्थका ओपनर जेसन रोय ५२ बलमा ८ चौका र ३ छक्का सहित ७४ रनमा अविजित रहे ।
पहिलो विकेटका लागि लिभिङस्टोन र जेसन रोयले १४.२ ओभरमा १ सय २३ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । लिभिङस्टोनले ३९ बलमा ४ चौका र ४ छक्का सहित ५४ रन जोडे । स्कट बोल्यान्डले डेविड मलानबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । सन्दीपले ३ ओभरमा २३ रन खर्चिदा विकेट भने लिन सकेनन् ।
त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । होबार्टका ओपनर डार्सी सर्टले ४७ बलमा ७ चौका सहित सर्वाधिक ५४ रनको योगदान दिए ।
सिंगापुरका ब्याट्सम्यान टिम डेभिड २३ बलमा २ चौका र २ छक्का सहित ३१ रनमा अविजित रहे । कोलिन इनग्राम १८, पिटर ह्यान्डसकोम्ब १३ र मिचेल ओवेनले ११ रनको योगदान दिए । आरोन हार्डीले सर्वाधिक दुई विकेट लिए ।
यो होबार्टको लगातार तेस्रो हार हो । यसअघि मेलबर्न स्टार्ससँग १० रन र सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको थियो । होबार्टले अव जनवरी १८ मा सिड्नी थन्डरसँग खेल्ने छ ।
यस्तो रह्यो सन्दीपको तीन ओभर
होबार्टले सन्दीपलाई पाँचौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बलमा इंग्ल्यान्डका ओपनर जेसन रोयलाई दुई रन खर्चेका थिए । त्यसपछि सन्दीपले दोस्रो र तेस्रो बल लगातार डट राखे । चौथो बलमा भने रोयले सन्दीपलाई चौका प्रहार गरे । पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बलमा इंग्ल्यान्डका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई एक रन दिँदै आफ्नो पहिलो ओभर सके ।
सातौं ओभरको पहिलो बलमा सन्दीपलाई रोयले चौका प्रहार गरेका थिए । दोस्रो बल डट राख्दा तेस्रो, चौथो, पाँचौं र छटौं बलमा एक एक रन खर्चिए ।
सन्दीप ११ औं ओभरमा बलिङमा आउँदा पर्थ ८६ रन जोड्दा कुनै विकेट गुमाएको थिएन । रोयले पहिलो बलमा एक र दोस्रो बलमा लिभिङस्टोनले चौका प्रहार गर्दै सन्दीपमाथि दबाब बढाएका थिए । तेस्रो र चौथो बलमा एक एक रन खर्चिए । पाँचौं र छैटौं बल डट राखे ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]