4 years ago
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता लागि युवा ब्याट्सम्यान रविन्द्रजंग शाहीको कप्तानीमा आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । कर्णाली समूह ‘ए’ मा छ ।
कर्णालीसँगै त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लब, गण्डकी, प्रदेश नम्बर १ छन् । कर्णालीले माघ ४ मा त्रिभुवन आर्मीसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने छ । मुलपानीमै माघ ६ मा गण्डकीसँग खेल्ने छ । माघ ९ मा प्रदेश १ र माघ १० मा एपिएफसँग टीयूमा खेल्ने छ ।
प्रतियोगिता माघ २ देखि १७ सम्म टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा चल्ने छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, प्रदेश नम्बर २ र सुदूरपश्चिम छन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उप विजेतासँग माघ १४ खेल्ने छ ।
माघ १५ मा दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उप विजेतासँग खेल्ने छ । फाइनल माघ १७ मा टीयूमा हुने छ । मुलपानीमा समूह चरणका कुल ९ खेल हुने छन् । टीयूमा सेमिफाइनल, फाइनल र समूह चरण गरि कुल १४ खेल हुने छन् ।
कर्णालीको टोली : रविन्द्र जंग शाही (कप्तान), निष्क्षल रावल, दिवान बाबु पुन, ललित प्याकुरेल, हेमन्त ओली, दिनेश अधिकारी, हिमान्शु शाही, विपिन रावल, राज कुमार शाह, अनुज चनारा, तारा प्रसाद गिरी, रुपक दाहल, युनिश विक्रम सिंह र अभिषेक बम ठकुरी
टिम ब्यवस्थापक : भुवन कोइरला, प्रशिक्षक : पौल फरेरा ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]