default_image

4 years ago

January 12, 2021

राजस्थानले स्मिथलाई फुकुवा गर्ने सम्भावना

115 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथलाई फुकुवा (रिलिज) गर्ने सम्भावना छ ।

आइपिएल २०२१ अक्सन फेबु्रअरी ११ मा हुने सम्भावना छ । फ्रेन्चाइज टोलीले खेलाडी फुकुवा र अनुवन्ध (रिलिज र रिटेन) गर्ने समय जनवरी २० तोकिएको छ । २०२० को आइपिएलमा स्मिथले १४ खेलमा ३ सय ११ रन बनाएका थिए । सन् २००८ मा पहिलो संस्करणको आइपिएल जितेको राजस्थान त्यसयता भने लगातार कमजोर प्रर्दशन गर्दै आएको छ ।

२०२० मा राजस्थान पुछारमा रहेर बाहिरिएको थियो । गत सिजनमा स्मिथले सुरुवात ओपनरबाट गरेपनि पछि मध्यक्रममा ब्याटिङ गरेका थिए । २०१८ को आइपिएल अक्सनमा स्मिथलाई राजस्थानले १२ करोड ५० लाख भारतीय रुपैयाँमा रिटेन गरेको थियो । तर स्मिथ त्यसैवर्ष दक्षिण अफ्रिकाविरुद्ध टेष्ट खेलमा बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धमा परेपछि आइपिएल खेलेनन् ।

स्मिथ सन् २०१९ मा आइपिएल खेलेपनि राजस्थानको कप्तानी अजिंक्या रहानेले गरेका थिए । २०२० मा रहाने दिल्लीमा पुग्दा राजस्थानको कप्तानी स्मिथले गरेका थिए ।

सन् २०२१ मा राजस्थानले भारतीय विकेटकिपर ब्याट्सम्यान सन्जु स्यामसनलाई कप्तानी दिने सम्भावना छ । सन्जुले भारतमा जारी शैद मुश्ताक अली टि२० ट्रफीमा केरेलाको कप्तानी समालेका छन् । आक्रामक ब्याटिङका लागि परिचित स्यामसनलाई भारतले टि२० विशेष खेलाडीको रुपमा पछिल्लो समय प्रयोग गरि रहेको छ ।

राजस्थानसँग स्यामसनसँगै इंग्ल्यान्डका अलरान्डर बेन स्टोक्स पनि कप्तानमा राम्रो विकल्प भएका खेलाडी हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका बेन स्टोक्सले गत जुलाईमा वेस्टइन्डिजविरुद्ध पहिलो टेष्टमा कप्तानी समेत गरेका थिए ।

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

Success

Thank you for your time.