default_image

4 years ago

January 11, 2021

ज्ञानेन्द्र र पारसले बागमतीबाट खेल्ने

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल तथा पूर्व कप्तान पारस खड्का दुवैले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेल्ने भएका छन् ।

माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कपका लागि बागमती प्रदेशले २५ खेलाडीको नाम सार्वजनिक गर्दा ज्ञानेन्द्र र पारसको नाम समेटिएको हो । गत वर्ष पनि दुवै खेलाडीले प्रदेश टोलीबाट सँगै खेलेका थिए । पछिल्लो संस्करणमा टोली सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

बागमतीले अघिल्लो साता भएको प्रदेश छनोटको आधारमा २५ खेलाडी छनोट गरेको हो । अब अन्तिम छनोटमा १४ खेलाडीको नाम सार्वजनिक हुनेछ । पारस र ज्ञानेन्द्र दुवै कोरोना संक्रमणका कारण विश्राममा रहेका थिए । प्रदेश छनोटमा चितवनले फाइनलमा काठमाडौंलाई पराजित गर्दै उपाधि जितेको थियो ।

बागमती प्रतियोगिताको समूह बी मा रहेको छ । उक्त समूहमा साविक विजेता नेपाल पुलिस क्लबसँगै सुदूरपश्चिम, लुम्बिनी र प्रदेश २ रहेका छन् । बागमतीले पहिलो खेलमा माघ ४ गते पुलिसको सामना गर्नेछ ।

बागमती प्रदेशको २५ सदस्यीय टोली :

ज्ञानेन्द्र मल्ल, पारस खड्का, पृथु बास्कोटा, इशान पाण्डे, आदील खान, आकाश थापा, बिभत्सु थापा, रामनरेश गिरि, नन्दन यादव, गौतम केसी, सुमित झा, अरियो पौडेल, सुबाश खत्री, रिजन ढकाल, विपिन आचार्य, पवनगोपाल श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलकराज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल, विशाल फुयाल, प्रतिक श्रेष्ठ, नविन यादव, तक्षक सिम्खडा

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.